रामेछापका ११६ जनाको रिपोर्ट आउन बाँकी, संक्रमितको संख्या २ सय ९७ पुग्यो

रामेछापका ११६ जनाको रिपोर्ट आउन बाँकी, संक्रमितको संख्या २ सय ९७ पुग्यो

रामेछाप जिल्लामा आजसम्म २२ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १९ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ४५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय १६ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको रिपोर्ट केहि दिनमा आउने छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ४६ जना आईसोलेसनमा रहेका छन ।

जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ९७ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ५२ जनामा गरी २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा ३ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३ जना क्वारेन्टिनमा रहेका छन । गोकुलगंगा गाउँपालिकामा ३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालयले जानकरी दिएको छ । रामेछाप , मन्थली , दोरम्बा , खाँडादेवी, उमाकुण्ड , लिखु तामाकोशी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार