रामेछापका १६२ जना सङ्क्रमितले जिते कोरोना, २५ जना आईसोलेसनमा

रामेछापका १६२ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लाबाटै स्वाब पठाइएका हालसम्म १८७ जनामा कोरोना सङ्क्रमन भएकोमा १६२ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्लामा २५ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । अहिले मन्थली नगरपालिकामा […]

रामेछापमा प्लाष्टिक मालाको ब्यापार फष्टाउदै

पछिल्लो समय स्थानीय स्तरमा उत्पादन हुने परम्परागत फूलहरु लोप हुदै गएका छन् । देख्दा राम्रो र किन्दा सस्तो पर्ने भएपछी रामेछापमा पलाष्टिकका मालाहरु भित्रिन थालेका हुन । तिहार नजिकिदै गर्दा सदरमुकाम मन्थली , रामेछाप बजार लगायत स्थानीय हाटबजार क्षेत्रमा रहेका पसलहरुमा प्लास्टिकका फूलमालाले पसलहरु भरिपुर्ण देखिन्छन् । रामेछापका स्थानीय स्तरमा पूmलहरु उत्पादन भएपनी स्थानीय उत्पादनका […]

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनको आग्रह

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनले आग्रह गरेको छ । जिल्ला भित्र कोभिड १९ को संक्रमणलाई मध्यनजर गरि तिहारको अवसरमा जिल्लाका कुनैपनि स्थानमा मानिसहरु जम्मा भई देउसी भैलो खेल्ने तथा नाचगान गर्ने कार्यलाई पुर्ण निषेध गरिएको प्रशासनले जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक सुचना जारी गर्दै पटका पड्काउने, जुवातास खेल्ने […]

रामेछाप मन्थलीमा भ्यान दुर्घटना,चालकको मृत्यु

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ एकलेबर भन्ने ठाउँमा डिब्बा भ्यान दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मंगलबार राति १२ बजे दोलखाबाट तरकारी,फलपूुल, लिएर ओखलढुङ्गातर्फ जादै गरेको प्रदेश ३–०१–००६ ख ३२० नम्बरको भ्यान दुर्घटना हुँदा चालक उदयपुरका प्रदिप कार्कीको ज्यान गएको हो । भ्यान सडकबाट करिव ५० मिटर तल खस्दा चालक उदयपुर कटारी […]

रामेछापका थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा थप आठ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि कार्तिक २४ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको रामेछापका २४ जनाको स्वाबमध्ये आठ जनामा कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाका अनुसार मंगलबार राति आएको स्वाब […]

दलित परिवारमा सुनापति गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने

रामेछापको सुनापति गाउँपालिकाले दलित परिवाजनका लागि निःशुल्य स्वास्थ्य विमा सञ्चालन गरेको छ । गत आर्थिक वर्ष २०७६र०७७ देखि सञ्चालनमा ल्याएको दलित घर परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई पालिकाले चालु आर्थिक वर्ष पनि निरन्तरता दिएको हो । पालिकाले प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तिरेर विमा गरेको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । […]

रामेछापको धोविमा अबैध पोलीक्लिनिक संचालन

रामेछाप जिल्लाको लिखु तामाकोशि गाउँपालीकाको मुख्य बजार धोवि बजारमा गैरकानूनी रुपमा पोलीक्लीनिक संचालन हुन लागेको छ । त्यसका लागि लगानिकर्ताहरुले पहिलो चरणमा वजारको मध्य भागमा घर भाडामा लिएर औषधि पसल संचालनमा ल्याउनुका साथै पोलिक्लीनका लागि आवश्यक सवै सामाग्री समेत स्टोर गरि सकेका छन् । पोलिक्लिनिक तथा औषधि पसल संचालनका लागि एक्सरे प्राविधिकको मात्र अनुभब भएका […]

रामेछापका २४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका २४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म दुईहजार ३ सय १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्लाका १६३ जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १७९ जनामध्ये […]

उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरीको अब निशुल्क हवाई उद्दार हुने

महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत रामेछापको उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाको पनि निुशल्क उद्दार गर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट गर्भवती र सुत्केरी महिलालाई अस्पताल पुर्याउन भौगोलिक हिसाबमा टाढा भएको कारण अकालमै ज्यान गुमाउन नपरोस भनेर रामेछापका प्रमुख जिल्ला अधिकारीले निशुल्क उद्दार गर्न महिला तथा बालबालिका मन्त्रालयमा पत्राचार […]

नेपाललाई भारतद्वारा २८ वटा भेन्टिलेटर सहयोग

भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो।नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एकअर्काको आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्यमन्त्री ढकालले आफू अप्ठ्यारोमा भएपनि […]