प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय तथा ब्यारेक भवन उद्धघाटन

प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय तथा ब्यारेक भवन उद्धघाटन

जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय तथा ब्यारेक भवन आज एक कार्यक्रमका विच उद्धघाटन गरिएको छ । नव निर्मित कार्यालय तथा ब्यारेक भवनको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्धघाटन गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका प्रहरी महानिरीक्षक क्षेत्रीले समयको परिवर्तन संगै आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा समेत बढ्दै गईरहेकाले उच्च व्यवसायीक निष्ठा र पूर्ण आचरणयुक्त प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

साथै प्रहरी कार्यालयमा आउने आम नागरिकका गुनासो र विविध समस्याको समाधानका लागि प्रहरी नागरिक प्रति उत्तरदायी भई जनतामा प्रहरी प्रति अपनत्वको भावना विकास साथै प्रहरी हाम्रै लागि हो भन्ने धारणाको विकास हुने गरी सेवा प्रवाह गर्न समेत निर्देशन गर्नुभएको छ । नागरीकहरुले प्रहरीलाई सधैँ माया र प्रेरणा दिएको बताउँदै उहाँले सबैको साथ सहयोगले नै प्रहरी सफल भएको बताउनुभयो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले स्थानिय सरकारको तर्फबाट प्रहरीलाई गर्नुपर्ने हरेक सहयोग गर्दै आएको र आगामी दिनमा अझ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले खेलेको भुमिकाको प्रसंसा गर्नुभयो । भवन निर्माण भएपछि प्रहरीलाई अझ काम गर्न सहज हुने विश्वास आफुले लिएको उहाँको भनाई थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले भवन निर्माण गर्न साथ सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । नवनिर्मित कार्यालय तथा ब्यारेक भवन ७ करोड ५५ लाख ३३ हजार लागतमा सुनकोशी कन्स्ट्रकसन प्रालिले निर्माण गरेको हो । भुकम्प प्रतिरोधी उक्त भवनमा २४ वटा कोठाहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार