रामेछापका ९०२ जनाले लगाए कोरोना विरुद्धको खोप

रामेछापका ९०२ जनाले लगाए कोरोना विरुद्धको खोप

खोप अभियान अन्तरगत हालसम्म रामेछापका ९ सय भन्दा बढीले खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखी फागुन ९ गते आइतबारसम्म जिल्ला अस्पताल रामेछाप र मन्थली प्राथमिक स्वास्थ्य केन्द्र गरि दुईवटा खोपकेन्द्रबाट ९०२ जनालाई कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार दोश्रो चरणको खोप लगाउन एक हजार ४०० जनाले आफ्नो नाम टिपाएका छन् । यसअघि पहिलो चरणको खोप अभियान अन्तरगत जिल्लाका एक हजार ९३ जनालाई खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार