रामेछापका २ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

रामेछापका २ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

रामेछापका दुई हजार एकसय भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रामेछापका अनुसार पहिलो र दोश्रो चरणको खोप अभियान अन्तरगत जिल्लाका दुई हजार एकसय ८६ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले पहिलो चरणको खोप अभियान अन्तरगत एक हजार ९३ जना र दोश्रो चरणको खोप अभियान अन्तरगत एक हजार २२ जनालाई खोप लगाइएको बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्यकर्मी, स्वयमसेवीका, एम्बुलेन्स चालक, शब हावन चालक, अग्रपक्तिंमा खटिने सुरक्षाकर्मी, फोहोरमैला व्यजस्थापन गर्ने कर्मचारीलाई पहिलो चरणको खोप अभियान अन्तरगत खोप लगाइएको थियो । यस्तै स्थानीय तहका जनप्रतिनिधिहरु, पत्रकार , जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, नेपाल प्रहरीहरु, शसस्त्र प्रहरीहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु र विभिन्न सामाजिक सङ्घसंस्थामा कार्यरत कर्मचारीहरुलाई दोश्रो चरणको खोप अभियान अन्तरगत कोरोना विरुद्धको खोप लगाइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार ओश्रो चरणको खोप लगाउन जिल्लाबाट एक हजार ४०० जना र पहिलो चरणको खोप लगाउन एक हजार ४७७ जनाको नामावली पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार