मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली माविले जित्यो

मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली माविले जित्यो

रामेछापको मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली माविले जितेको छ । मन्थली माविले प्रतियोगितामा ३१ स्वर्ण, २१ रजत र १७ कास्य पदक सहित ६९ पदक जित्दै प्रथम हुन सफल भएको छ । प्रतियोगीतामा कर्कला देवी अग्रेजी बोर्डिङ स्कुलले ५ स्वर्ण, ८ रजत र ९ कास्य गरी २२ पदक जितेको छ भने सेतीदेवी मावि सालुले ५ स्वर्ण, ५ रजत र ४ कास्य गरी १४ पदक जितेको छ । मन्थली मावि नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ वटा बिद्यालयहरुले सहभागिता जनाएका थिए । शुक्रबार देखि सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार