भटौलीका आगलागी पीडितलाई रामेछाप प्रशासनद्धारा २ लाख राहत प्रदान

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख रुपैयाँ राहत प्रदान गरेको छ । शनिबार भएको आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल पीडितको घरमै पुगेर राहत प्रदान गरेको हो । आगलागी पीडित कृष्ण रम्तेललाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राहत स्वरुप २ लाख नगद प्रदान गर्नुभएको छ […]

सिन्धुलीमा पीसीआर प्रयोगशाला स्थापना, आजबाट जिल्लामै पीसीआर जाँच हुने

आजबाट सिन्धुलीमै कोरोना भाईरस(कोभिड १९) को पीसीआर परीक्षण हुनेभएको छ । बाग्मती प्रदेश सरकारको करिब एक करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ लागतमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै जिल्लामै पीसीआर जाँच हुने भएको हो । कमलामाई नगरपालिका –६ शिवनगरमा पीसीआर मेसिन जडान गरि प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ । हिजो शनिबार बागमती […]

रामेछापमा विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको मृत्यु

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ को भटौलीमा एक घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको ज्यान गएको छ । मन्थली–७ का रणवहादुर सार्कीको घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्र रहेका पाँच वर्षीय छोरा सुजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुई तले ढुङ्गा–माटाले बनेको घरमा एक्कासी विद्युत् शर्ट […]

रामेछापका थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा थप ३ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर ४ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको रामेछापका १९ जनाको स्वाबमध्ये ३ जनामा कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाका अनुसार कोरोना सङ्क्रमण हुनेमा मन्थली […]

रामेछापका १९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका १९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । मन्थली नगरपालिकाका १९ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ३ सय ३४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय २८ जनाको रिपोर्ट […]

संघसरकारले कार्यविधी बनाएपछि मन्थली नगरपालिकामा पठनपाठनको तयारी

रामेछापको मन्थली नगरपालिकाले पठनपाठनको तयारी गरेको छ । नगरपालिकाले विद्यार्थी सिकाई सहजीकरणका माध्यमबाट पठनपाठनलाई नियमित गर्ने तयारी गरेको मन्थली नगरपालिकामा प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समयदेखी अवरुद्ध पठनपाठन नगरपालिकाको शिक्षा समितिको बैठक बसि विद्यार्थी सिकाइ सहजीकरण […]

मन्थलीका अगुवा ब्यापारीलाई करदाता शिक्षा

भर्खरै जिल्ला सदरमुकाम मन्थलीमा कार्यालय संचालन गरेर सेवा आरम्भ गरेको आन्तरिक राजस्व कार्यालय अन्र्तगतको करदाता कार्यालयले विहिबार जिल्लाका अगुवा ब्यापारीहरुका लागि करदाता शिक्षा कार्यक्रम संचालन गरेको छ । नबौ राष्ट्रिय कर दिबसको चौथो दिन पारेर कार्यालयले रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदरमुकाममा रहेका अगुवा ब्यावसायीहरुलाई करदाता शिक्षाको बारमा जानकारी गराएको हो । पछिल्लो समयमा […]

रामेछापको बेथानमा बोलेरो दुर्घटना हुँदा बालिकाको ज्यान गयो

रामेछापको सुनापती गाउँपालिकामा बिहीवार बोलेरो गाडी दुर्घटना हुँदा एकजना बालिकाको ज्यान गएको छ । जिल्लाको दोरम्बा गाउँपालिका गुन्सालबाट काठमाडौंबाट जाँदै गरेको बा १० च ५५९८ नम्बरको बोलेर गाडी सुनापति गाउँपालिका–४ बेलडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी रामेछापको सुनापति गाउँपालिका वडा नं १ गुन्सीभदौरे घर भएकी १२ बर्षकी सुजता श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्याल […]

नामाडी घटनालाई अतिरन्जीत गरिएकोमा तरुणदलको आपत्ति

नेपाल तरुण दल रामेछापले मंगलबार नामाडीमा भएको घटनालाई राजनीतिक पूर्वग्राहका आधारमा अतिरन्जित बनाउन खोजेको आरोप लगाएको छ । नेपाल तरुण दल रामेछापले विहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि घटनालाई तोडमोड गर्दै जिल्ला अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ लगायतका ब्यक्तीमाथी प्रहरीको समेत मिलेमतोमा घटनालाई अतिरंजित बनाउन खोजेको भन्दै उक्त घटना प्रति कडा आपत्ति जनाएको हो […]

रामेछाप नगरपालिकामा छठलगत्तै पठनपाठनको तयारी

रामेछापको रामेछाप नगरपालिकाले छठ लगतै पठनपाठनको तयारी गरेको छ । नगरपालिकाले विद्यार्थी सिकाई सहजीकरणका माध्यमबाट पठनपाठनलाई नियमित गर्ने तयारी गरेको छ । महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समयदेखी अवरुद्ध पठनपाठन नगरपालिकाको शिक्षा समितिको बैठक बसि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम शुरु गर्ने तयारी […]