काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखी निषेधाज्ञा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखी निषेधाज्ञा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसल बाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने तयारी भएको हो ।

तर यस बारेमा औपचारिक निर्णय भने भैसकेको छैन । हिजो बसेको कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।

आज उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको छ । अब यसबारेमा मन्त्रीपरिषद बैठकले औपचारिक रुपमा निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार