माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण आजबाट, आगामी हप्ताबाट विद्युत उत्पादन सुरु गरिने

बहुप्रतीक्षित राष्ट्रीय गौरवको आयोजनामाथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आगामी हप्ताबाट १ सय ५२ मेगावाट विद्युत् उत्पादन सुरु गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको र आजबाट प्राविधिक परीक्षण सुरु गरिने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण […]

रामेछाप मन्थलीमा जुवाखालबाट ५ जना पक्राउ

रामेछापको सदरमुकाम मन्थलीबाट जुवा खेल्दै गरेका ५ जनालाई शुक्रबार मध्यराति प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट कौडासहित नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नबराज ढुंगानाका अनुसार कोभिड संक्रमणका बेला लगाएको निषेधाज्ञा समेतलाई अवज्ञा गरी जुवा खेलिरहेको सूचनाका आधारमा मन्थली–१ घारीटोलका चन्दबहादुर माझीको घरमा प्रहरीले मध्यरात छापा […]

सुनापती गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

रामेछापको सुनापति गाउपालिकाले एकल महिला सरह एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रममा एकल पुरुषलाई भक्ता दिन बजेट विनियोजन गर्ने कुरा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठका अनुसार के कसरी एकल पुरुषलाई भक्ता दिने भन्नेबारेमा कार्यविधी बनाउने तयारी भईरहेको छ । केहि दिनमै […]

रामेछापका ८ वटै स्थानिय तहकोे बजेट : स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता

रामेछापका ८ वटै स्थानिय तहले आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट ल्याएका छन । यस वर्ष सबैभन्दा धेरै बजेट मन्थली नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट सुनापती गाउँपालिकाले ल्याएको छ । जिल्लाका धेरै स्थानिय तहहरुले स्वास्थ्य कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याएका छन । रामेछाप नगरपालिकाले ल्यायो ६३ करोड १९ लाखको बजेट […]

रामेछाप नगरपालिकाले सार्वजनिक गर्यो ६३ करोड १९ लाखको बजेट

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैयाँ ५२ पैसा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगाएतलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको निति,कार्यक्रम तथा बजेट नगरपालिकाका उपप्रमुख सृजना खड्काले प्रस्तुत गर्नुभयो । नगरपालिकाले आव ७७,७८ मा चालु तर्फ […]

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रामेछापले ८ करोड ३० लाख बजेट पायो

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रामेछाप जिल्लाले ८ करोड ३० लाख बजेट पाएको छ । रामेछापका ८ वटै स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले आगामी आर्थिक वर्षका लागि ८ करोड ३० लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । विनियोजित रकम ससर्त अनुदान हो । यो अनुदानबाट जिल्लामा कुल १ हजार ३६४ जनालाई रोजगारी प्रदान गरिने […]

रामेछापका स्थानीयतहले आज नीति,कार्यक्रम र बजेट प्रस्तुत गदै

स्थानीय तहहरूले आज आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्तव्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्रआगामीवर्षको नीति, कार्यक्रम र बजेट नगरसभा तथा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुरुप आज अधिकांश स्थानीयतहले बजेट र कार्यक्रम प्रस्तुतगर्न लागेकाहुन् । कतिपय स्थानीयतहले भने असार […]

रामेछाप सहित १३ जिल्लामा वाग्मती प्रदेशले पाँच करोड सहयोग गर्ने

वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका प्राकृतिक प्रकोपले क्षति गरेका जिल्लामा पाँच करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । वाग्मतीले प्रदेश विपद् व्यवस्थापन कोषबाट सहयोग रकम उपलब्ध गराउने भएको हो । पहिलो चरणमा सिन्धुपाल्चोकमा अघिल्लो हप्ताको बाढीका कारण क्षति भएका पूर्वाधार तथा अवरोधहरू हटाउने, रोकथाम, नियन्त्रण र मर्मत गरी पुनः सञ्चालन गर्न एक करोड रुपैयाँ […]

रामेछापमा आज २६ जना कोरोना सङ्क्रमित थपिए

रामेछाप जिल्लामा आज २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा चार जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, रामेछाप नगरपालिकामा १४ जना, उमाकुण्ड गाउँपालिकामा तीन जना, खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा एक जना, लिखुतामाकोशी गाउँपालिकामा एक जना र तामाकोशी अस्पतालमा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । […]

रामेछापमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रामेछापमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु गएको छ । रामेछाप नगरपालिका वडा नं ८ की ७५ वर्षिया महिलाको बीर अस्पतालमा उपचारका क्रममा सोमबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मृत्यु भएकी महिलामा गत जेठ १९ गते जिल्ला अस्पतालमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालको […]