रामेछापमा आज ३० जना कोरोना संक्रमित थपिए,२४ जना निको

रामेछापमा आज ३० जना कोरोना संक्रमित थपिए,२४ जना निको

रामेछाप जिल्लामा आज ३० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा १० जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा १ जना,तामाकोशी अस्पताल मन्थलीमा १ जना,खाँडादेवी गाउँपालिकामा १० जना र गोकुलगंगा गाउँपालिकामा ८ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ ।

यो सँगै जिल्लामा २८ सय ७ जनामा कोरोना सक्रमण भएको छ । आज जिल्लामा २४ जनाले कोरोनालाई जितेका छन । जिल्ला अस्पतालबाट ३ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीबाट १ जना,मन्थली नगरपालिकाबाट १ जना,रामेछाप नगरपालिकाबाट २ जना,खाँडादेवी गाउँपालिकाबाट १ जना,गोकुलगंगा गाउँपालिकाबाट १० जना र लिखु तामाकोशी गाउँपालिकाबाट ६ जनाले कोरोना जितेका हुन ।

यो सँगै जिल्लामा २५ सय २३ जना कोरोना संक्रमणपछि निको भएका छन । जिल्लामा अहिले २६२ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २२ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार