बाग्मती प्रदेशका १३ जिल्ला मध्ये रामेछापमा धेरै विकास भएको छ : मुख्य मन्त्री पौडेल

बाग्मती प्रदेशका १३ जिल्ला मध्ये रामेछापमा धेरै विकास भएको छ : मुख्य मन्त्री पौडेल

बाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले तीन वर्षको अवधिमा प्रदेश सरकारले धेरै राम्रो काम गरेको बताउनुभएको छ । उहाँले विहिबार रामेछाप जिल्लाभित्र निर्मित सडकको संयुक्त रुपमा मन्थलीबाट उदघाटन गर्दै सो कुरा बताउनुभएको हो ।

प्रदेशका १३ जिल्लामध्ये रामेछाप जिल्लामा सडक,खानेपानी,पुल र सिँचाई जस्ता विभिन्न पूर्वधारहरु निर्माण गर्न प्रदेश सरकारले धेरै लगानी गरेको उहाँले बताउनुभयो ।

यदि प्रदेश सरकार नभएको भए यतिको विकास सम्भव नहुने भन्दै उहाँले प्रदेश सरकारले गरेका राम्रा कामहरुको खुलेरै प्रशंसा गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

सरकारले गरेका धेरै राम्रा कामहरु पनि प्रचार प्रसार नहुँदा काम नभए जस्तो देखिएको उहाँको भनाई थियो । अझै बाँकी रहेको कार्यकालमा प्रदेश सरकारले धेरै राम्रो काम गर्ने मन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार