बाल यौन दुव्र्यबहार गरेर फरार रामेछाप गेलुका युवक पक्राउ

बाल यौन दुव्र्यबहार गरेर फरार रामेछाप गेलुका युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले बाल यौन दुव्र्यबहार गरेर फरार रहेका युवकलाई पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं १२ का वर्ष २२ का सुरज भुजेललाई प्रहरीले हिजो मध्ये रातमा पक्राउ गरेको हो ।

पक्राउ परेका भुजेलले गाउँकै एक बालिकालाई यौनिक मनसाय लिई बालिकाको घरको कोठामा गएर जबरजस्ती संवेदनसिल अंग छुने समात्ने गरेका थिए ।

उनलाई बालिकालाई बाल यौन दुरुपयोग गरेको आरोपमा रामेछाप जिल्ला अदालतबाट २०७७ फागुन १२ गते ५ महिना ५ दिन कैद र १० हजार जरिवाना सजाय सुनाइएको थियो । अदालतबाट सजाय सुनाएलगतै फरार रहेका उनलाई प्रहरीले उनकै घरबाट मध्य राती पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार