रामेछापमा हालसम्म ४३ हजार बढीले लगाए कोरोना भाइरस विरुद्धको खोप

रामेछापमा हालसम्म ४३ हजार बढीले लगाए कोरोना भाइरस विरुद्धको खोप

रामेछाप जिल्लामा हालसम्म ४३ हजार ८ सय ५१ जनाले कारोना भाइरस विरुद्धको खोप लगाएका छन् । जिल्लामा प्राप्त खोपको आधारमा खोप अभियान सुरु भएदेखी हालसम्मको अबद्यिमा ४३ हजार ८ सय ५१ जनाले कारोना भाइरस विरुद्धको खोप लगाएका हुन ।

जिल्लामा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी ४३ हजार बढीले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लभित्र १८ हजार ८८९ जनाले कोभिशिल्ड खोप लगाएका छन । कोभिशिल्ड खोप २६ सय ४४ जनाले दोस्रो डोज समेत लगाईसकेका छन ।

त्यसैगरी १२ हजार ७३ जनाले भेरोसेल खोप लगाईसकेका छन । भेरोसेल खोप १९ सय ३५ जनाले दोस्रो डोज खोप लगाइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ८ हजार ८३ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार