मैँले रामेछापमा गरेजति विकास न पहिलाकाले गरे न अब आउनेले गर्छन : मन्त्री ढुंगेल

मैँले रामेछापमा गरेजति विकास न पहिलाकाले गरे न अब आउनेले गर्छन : मन्त्री ढुंगेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछापमा विकास निर्माणका कामले गति लिएको बताउनुभयो ।

विगतमा आफु जिल्ला विकास समितीको सभापति हुँदा जिल्लामा सडक,विद्युत,यातायात,खानेपानी पुल जस्ता विकासका पूर्वधारहरु केही पनि नभएको स्मरण गर्दै उहाँले आफु प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेदेखी जिल्लामा आमुल परिवर्तन ल्याएको बताउनुभयो ।

मुख्य मन्त्री डोरमणी पौडेलले आफुलाई मन्त्री बनाएको भन्दै उहाँले जिल्लामा विकासका कामहरु हुनुको श्रेय मुख्य मन्त्रीलाई पनि जाने बताउनुभयो । आफनो कार्यकालमा जति विकास पहिला मन्त्री बनेकाहरुले पनि नगरेको र अब मन्त्री बन्नेहरुले पनि नगर्ने उहाँको दावि थियो ।

प्रदेश सरकारले अहिलेसम्म जिल्लाभित्र ६८ किलोमिटर सडक कालोपत्र गरिसकेको भन्दै उहाँले केहि सडकहरुको कालोपत्रेको काम तीब्र गतिमा अगाडि बढेको बताउनुभयो ।

उहाँले पार्टी एकताको लागि आफू जस्तो सुकै त्याग गर्न पनि तयार रहेको बताउनुभयो । नेकपा एमाले माधव नेपाल समुहमा खुलेरै लाग्नु भएका रामेछापका पदेश सभा सांसद शान्ति पौडेललाई मन्त्री बनाउन आफु तयार रहेको मन्त्री ढंगेलले घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार