रामेछापमा आज १७ जना कोरोना संक्रमित थपिए

रामेछापमा आज १७ जना कोरोना संक्रमित थपिए

रामेछाप जिल्लामा आज १७ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ३ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना,,खाँडादेवी गाउँपालिकामा १ जना र गोकुलगंगा गाउँपालिकामा ११ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २८ सय ४१ जनामा कोरोना सक्रमण भएको छ । जिल्लामा अहिलेसम्म २५ सय २३ जना कोरोना संक्रमणपछि निको भएका छन । जिल्लामा अहिले २९६ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २२ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार