रामेछापमा कोरोना संक्रमित घटे,जिल्लामा ५८ जना सकृय संक्रमित

रामेछाप जिल्लामा कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा २ देखी ३ जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ । जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ४१ जनामा एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा कोरोना […]

बालकलाई अप्राकृतिक मैथुन गर्ने युवक पक्राउ

पाँच बर्षिय बालकलाई अप्राकृतिक मैथुन करणी गर्ने एक युवकलाई पक्राउ परेका छन । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ५ सालबोटेका १९ बर्षिय दिपेश खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । पक्राउ परेका खड्काले बालकलाई यही भदौ ५ गते दिउँसो ललाई फकाई आफ्नो घरको शौचालयमा लगेर अप्राकृतिक मैथुन करणी गरेको प्रहरीले जानकारी दिएको छ […]

बाग्मती प्रदेशमा मुख्यमन्त्री अल्पमतमा, भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाइ प्रस्ताब

नेकपा एमाले फुटको असर प्रदेशमा परेको छ । बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुहुने देखिएको छ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आज हेटौंडा स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको बताएका हुन् । एकिकृत समाजवादीमा […]

कवि गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन

रामेछापका कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो आज विमोचन भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले कविता संग्रहको विमोचन गनुभयो । मैनबत्तीको आगो कविता संग्रह विमोचन गर्दै नगर प्रमुख थापा मगरले नगरपालिकाले कला,साहित्यमा रुचि भएकाहरुलाई केहि सहयोग चाहिएमा सहयोग गर्ने बताउनुभयो । कविता संग्रह मैनबत्तीको आगो विमोचन कार्यक्रममा रामेछापका स्रष्टाहरु डा […]

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बाग्मती प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो ।मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गर्नुभएको छ । गत जेठ १६ गतेदेखि सञ्चालनमा आएको प्रदेशसभाको […]

सिन्धुलीमा निरन्तर बर्षाको असर : पहिरोले तीन घर पु¥यो, दर्जनौ जोखिममा, अधिकांस सडक अवरुद्ध

सिन्धुलीमा अविरल बर्षाका कारण तीन वटा घर पुरिएको छ भने दर्जन बढी घरहरु उच्च जोखिममा परेका छन् । वर्षाका कारण खसेको पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका–११ फिटिङमा तीन घर पुरिएको छ भने सँगै जोडिएका अन्य ९ घर उच्च जोखिममा रहेका छन् । बिहानपख पहिरो आएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयले बताएका छन् । फिटिङका […]

रामेछाप मन्थलीमा १५ शैयाको अस्पताल बन्ने,नगरप्रमुखद्धारा शिलान्यास

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका १५ शैयाको अस्पताल भवन बन्ने भएको छ । मन्थली नगरपालिका क्षेत्रमा पहिलो पटक १५ शैयाको अस्पताल निर्माण हुन लागेको हो । मन्थली नगरपालिका वडा नं १ आकाशेमा निर्माण हुन लागेको उक्त अस्पताल भवनको नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले शिलान्यास गर्नुभएको छ । २०५० सालमा स्थापना भएको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति […]

युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने रामेछापका सुनुवार पक्राउ

युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले रामेछापका एकजनालाई पक्राउ गरेको छ । रामेछाप गोकुलगंगा–३ घर भएका काठमाण्डौको कोटेश्वर बस्ने ३३ वर्षीय पोशबहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ज्याम्दीका ६ जनालाई कामदार भिसामा युरोपेली देश लिथुआनिया पठाइदिने भन्दै ठगी गरेका हुन् । उनले […]

रामेछापमा जारी निषेधाज्ञा भदौ २२ गतेसम्म थप

रामेछाप जिल्लामा जारी निषेधाज्ञालाई फेरी थप गरिएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई भदौ २२ गते मध्यरातिसम्म थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा के के गर्न पाईदैन ? खुल्ला स्थानमा मानिसहरु भेला तथा जम्मा हुने, भिडभाड हुने, सभा, जुलुस, जात्रा, महोत्सव, […]

अवैध रुपमा बालुवा लोड गर्दै गरेको ट्र्याक्टर सहित रामेछापका चालक पक्राउ

सिन्धुलीमा अवैध रुपमा बालुवा लोड गर्दै गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा वालुवा लोड गरि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ पानीट्याङ्कीबाट बजार तर्फ आउदै गरेको लु ४ त ८१५२ नम्बरको ट्र्याक्टर र ट्र्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज […]