काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखी निषेधाज्ञा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसल बाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने तयारी भएको हो । तर यस बारेमा औपचारिक निर्णय भने भैसकेको छैन । हिजो बसेको […]

रामेछाप गोकुलगंगाका ९ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोकुलगंगा गाउँपालिकाको दुई वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो । ४ जना विद्यार्थी सहित २ जना शिक्षक र ३ जना स्थानियमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यहि वैशाख १० गते गोकुलगंगाका १६ जनाको […]

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीद्धारा भित्ते पात्रो विमोचन

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीले २०७८ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । आज रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरी भित्ते पात्रो विमोचन तथा वितरण गरिएको हो । नेपाली कांग्रेस रामेछापका पार्टी सभापति लबश्री न्यौपानेको प्रमुख आतिथ्यता एवम तरुण दल रामेछाप नगरपालिकाका अध्यक्ष सन्तोष तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा २०७८ सालको भित्ते पात्रो विमोचन […]

पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई जिसस रामेछापद्वारा सम्मान

जिल्ला समन्वय समिती रामेछापले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गरेको छ । समन्वय समितीको कार्यालय मन्थलीमा आयोजित कार्यक्रममा जिसस प्रमुख प्रेम बं खड्काले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई,शुभकामना तथा सम्मान व्यक्त गर्नुभयो । जिसस प्रमुख खड्काले राम्रा कामहरुलाई प्रचार प्रसार र नराम्रा कामहरुमा खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । जिसस रामेछापले जिल्ला […]

२५ जना भन्दा बढी भेला नहुन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले पनि जिल्लाका सार्वजनिक स्थल, विवाह,व्रतबन्ध,भोजभतेर,सभा सम्मेलनमा २५ जना भन्दा बढी भेला हुन नपाइने जनाएको छ । सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नको लागि जिल्लावासीलाई रामेछाप प्रशासनले आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण बढेपछि सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ […]

पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, अरु भू–भागको मौसम सामान्यतया सफा रहने

आज पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही मुलुकको अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रको मौसम प्रभावित हुने भएको हो ।अहिले देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।दिउँसो […]

३३ पदक सहित गौरीशंकर माविले जित्यो तेस्रो रास्ट्रपति रनिङ शिल्ड

“स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

दोरम्बामा आगलागी हुँदा दुई घर जलेर नष्ट

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका २ मा आगलागीबाट २ वटा घर जलेर नष्ट भएका छन् । डिक बहार नेपाली, तुलसी नेपाली र सन्तमायाँ नेपाली गरी तीन परिवार बस्दै आएका घर जलेर नष्ट भएका हुन् । डिकबहादुरको घरमा आगो लागेको थाहा पाउना साथ दोरम्बास्थित नेपाली सेना, प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । आगलागीबाट मानवीय क्षति […]

रामेछाप नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको […]

२० थान सिसौंका काठ सहित रामेछापमा २ जना पक्राउ

रामेछापको सदरमुकाम मन्थलीबाट अबैध रुपमा ल्याउदै गरेको काठसहित २ जनालाई रामेछाप प्रहरीले प्रक्राउ गरेकोे छ । चैत्र १ गते दिउसो मन्थली नगरपालिका २ आकाशेमा खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा ट्याक्टर सहित २ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता श्री शंकर श्रेष्ठले जानकारी दिनुभयो । मन्थली नगरपालिका ११ पन्थलीबाट ज १ त ८०२५ […]