बाग्मती प्रदेशमा मुख्यमन्त्री अल्पमतमा, भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाइ प्रस्ताब

बाग्मती प्रदेशमा मुख्यमन्त्री अल्पमतमा, भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाइ प्रस्ताब

नेकपा एमाले फुटको असर प्रदेशमा परेको छ । बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुहुने देखिएको छ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

आज हेटौंडा स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको बताएका हुन् । एकिकृत समाजवादीमा जानेमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर,बसन्त मानन्धर, कुसुम कार्की रहेका छन् ।

यस्तै पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल, कृष्ण खनालले पनि एकिकृत समाजवादी रोजेका छन् ।

यसैबीच, नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको थियो ।

तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बनेपछि शाक्य अल्पमतमा पर्नुभएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजे सम्मको समय दिएको छ । अब राजेन्द्र पाण्डेलाइ मुख्यमन्त्री बनाउने कसरत एकिकृत समाजवादीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार