रामेछापको विहिबारे हाट : बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । आजको हाट यो दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा आज अलि […]

बागमती प्रदेशका सार्वजनिक सवारीमा २३ प्रतिशत भाडा वृद्धि

बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढेको छ ।बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको प्रदेश सरकारले जनाएको छ। संघीय सरकारले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको […]

आज ६६ औँ प्रहरी दिवस रामेछापमा विभिन्न कार्यक्रम गरी मनाईयो

आज ६६ औँ प्रहरी दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाईएकोे छ । रामेछाप प्रहरीले आज विहान जिल्ला प्रहरी कार्यालय परिसरमा मृत्यु भएका अमर प्रहरीहरु प्रति श्रद्वाञ्जली अर्पण गरेको छ । प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान पनि गरेको जानकारी दिएको छ । केहि दिनदेखी रामेछाप प्रहरीले दिवसका अवसरमा एक प्रहरी एक वृक्ष अभियान नै […]

रामेछाप नगरपालिकाका विद्यालय दशैँमा ५ दिन मात्रै बिदा हुने

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय दशैँमा ५ दिन मात्रै बिदा हुने भएका छन् । रामेछाप नगरपालिकाले एक सूचना जारी गर्दै कोभिडका कारण लामो समय पठनपाठन हुन नसकेको र बल्ल सामान्य रुपमा पढाई सुरु भएकाले लामो बिदा नदिन विद्यालयहरुलाई अनुरोध गरेको हो । नगरपालिकाले घटस्थापना अर्थात् असोज २१ गतेबाट नभई फुलपाती अर्थात् असोज २६ गतेदेखि दशैँको टिकाको […]

सुनकोसी–२ जलाशयुक्त आयोजना खारेजीको माग गर्दै रामेछापका माझी समुदायले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र

सुनकोसी–२ जलाशयुक्त आयोजना खारेजीको माग गर्दै रामेछापका माझी समुदायले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । बागमती प्रदेशकी प्रदेशसभा सदस्य रिता माझीको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टोलीले कुनै पनि हालतमा सुनकोसी–२ आयोजना निर्माणको काम अघि नबढाउन माग गरेको छ । माझी समुदायले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आयोजना निर्माण हुँदा माझी समुदायलाई पर्ने […]

दशैँ नजिकिएसँगै मन्थलीमा भिडभाड, फेरी तपाईको मास्क खै ? अभियान सुरु

यस वर्षको वडा दशैँ नजिकिएसँगै रामेछाप सदरमुकाम मन्थलीमा भिडभाड बढेको छ । केहि मानिसहरु मास्क नलगाई पनि हिडेका छन । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै फेरी रामेछाप प्रशासन र प्रहरीले “तपाईको मास्क खै ” अभियान सुरु गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज […]

नेपाली कांग्रेस रामेछापलाई एक बनाएर लैजान्छु : सभापति कान्छाराम

नेपाली कांग्रेस रामेछापका नव निर्वाचित सभापति पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ ले रामेछापमा नेपाली कांग्रेसलाई एक बनाएर लैजाने बताउनुभयो । जिल्ला सभापतिमा निर्वाचित भएपछि कांग्रेसका नेता तथा कार्यकर्ताले बधाई दिने क्रममा बोल्दै उहाँले जिल्लामा गुट,उपगुटको अन्त्य गरेर सबैसँग समन्वय,सहकार्य र एकताको साथ काम गर्ने बताउनुभयो । जिल्लामा समाजसेवाबाट नाम कमाउने सफल व्यक्तिका रुपमा कान्छाराम तामाङलाई लिइन्छ […]

नेपाली काँग्रेस रामेछापको सभापति पदका लागि आज कान्छाराम र लवश्रीबीच पुनः निर्वाचन हुँदै

नेपाली काँग्रेस रामेछापको सभापति पदका लागि आज कान्छाराम तामाङ र लवश्री न्यौपानेबीच पुनः निर्वाचन हुँदैछ । जिल्ला सभापति हुनका लागी पार्टीको बिधान बमोजिम ५० प्रतिशत मत नपुगेको हुनाले आज फेरी मतदान हुन लागेको हो । पहिलो चरणको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामलाई ८ मत नपुग्दा आज पुनः दोस्रो चरणको मतदान हुन लागेको […]

रामेछापका ३७ हजार भन्दा धेरैले लगाए कोरोना विरुद्धको पूर्ण खोप

रामेछापका ३७ हजार भन्दा बढी नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लाका ३७ हजार ३ सय ३२ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्लामा कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेने खोप लगाइएको थियो । जिल्लामा २०७७ माघ महिना देखि विभिन्न चरणमा कोरोना विरुद्धको खोप लगाउँदै आएको […]

बडादशैँको अवसरमा रामेछापको देउरालीमा पुरुष भलिबल प्रतियोगिता हुने

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं २ देउरालीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडादशैँ,दिपावली तथा छठ पर्वको अवसरमा प्रतियोगिता गर्न लागिएको आयोजक एवं २ नं वडा कार्यालयले जानकारी दिएको छ । खेल यहि असोज २६ र २७ गते देउरालीडाँडा सातदोबाटोमा हुनेछ । उक्त प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुने टिमलाई पुरस्कारको […]