रामेछाप मन्थली मसानटारमा ट्रक दुर्घटना चालकको ज्यान गयो

दुर्घटनामा सहचालक घाइते

रामेछाप मन्थली मसानटारमा ट्रक दुर्घटना चालकको ज्यान गयो

दुर्घटनामा सहचालक घाइते

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ मसानटारमा आज विहान ट्रक दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ट्रक चालकको ज्यान गएको छ ।

चितवन नारायणघाटबाट मन्थली तर्फ आउदै गरेको प्रदेश नं २–०३–००१ ख ४७६२ नम्बरको ट्रक दुर्घटना हुँदा चालक वर्ष २८ का सूर्यबहादुर भाटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा सहचालक घाइते भएका छन् । ट्रक वियर लिएर रामेछापको मन्थली तर्फ आउँदै थियो । दुर्घटनामा परेको ट्रक सडकबाट लगभग ३०० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार