रामेछाप गोठगाउँमा १५ वर्षिया बालिका बलात्कृत,३२ वर्षिय पुरुष पक्राउ

पछिल्लो समय रामेछापमा बलात्कारका घटना वृद्धि

रामेछाप गोठगाउँमा १५ वर्षिया बालिका बलात्कृत,३२ वर्षिय पुरुष पक्राउ

पछिल्लो समय रामेछापमा बलात्कारका घटना वृद्धि

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँकी एक १५ वर्षिया बालिका बलात्कृत भएकी छन । यहि मंसिर ९ गते साँझ ७ बजेको समयमा गोठगाउँ खुर्पाती भन्ने ठाउँका वर्ष ३२ का नवराज कार्कीले बालिकालाई बलात्कार गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

ति पुरुषले बालिकालाई डर त्रास देखाई लछारपछार गर्दै बाँसघारी नजिकैको सिस्नोघारीमा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । बालिकालाई बलात्कार गर्ने कार्कीलाई हिजो साँझ ७ बजेतिर वडा नं १ को वडाकार्यालय नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय रामेछापमा बलात्कारका घटना बढिरहेको छ । गएकोे चार महिनामा जबरजस्ती करणी सम्बन्धी ११ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार