मंसिर २३ गतेदेखि रामेछाप जिल्ला फुटबल लिग २०७८ हुँदै

३ दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न क्लबहरुले सहभागीता जनाउन पाउनेछन

मंसिर २३ गतेदेखि रामेछाप जिल्ला फुटबल लिग २०७८ हुँदै

३ दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न क्लबहरुले सहभागीता जनाउन पाउनेछन

रामेछापको सदरमुकाम मन्थलीमा यहि मंसिर २३ गतेदेखि रामेछाप जिल्ला फुटबल लिग २०७८ हुनेभएको छ । रामेछाप जिल्ला फुटबल संघको आयोजनामा उक्त प्रतियोगिता सन्चालन गर्न लागिएको आयोजकले जनाकारी दिएको छ ।

३ दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न क्लबहरुले सहभागीता जनाउन पाउनेछन । उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख एक सय एघार सहित सिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा द्धितिय हुने टिमले नगद पचहत्तर हजार एक सय एघार सहित सिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन । प्रतियोगितामा तृतिय हुने टिमले नगद पचास हजार एक सय एघार सहित सिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन ।

त्यसैगरी प्रतियोगितामा सान्त्वना ह्ुने टिमले नगद विस हजार एक सय एघारको सहित सिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार