रामेछापमा आज देखि फोटो सहितको मतदाता नामावली संकलन हुने

दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने

रामेछापमा आज देखि फोटो सहितको मतदाता नामावली संकलन हुने

दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने

जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ पालिकामा आज देखि पौष ९ गतेसम्म दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका व्यक्तिहरुलाई लक्षित गरि निर्वाचन आयोगले विशेष कार्यक्रम मार्फत देशका सबै स्थानीय तहका केन्द्रबाट नाम संकलन गर्ने व्यवस्था मिलाएपछि जिल्ला निर्वाचन कार्यालय रामेछापले पनि जिल्लाका सबै पालिकाका केन्द्रमा आज देखि पौष ९ गते सम्म दुई चरणमा नामावली संकलन गर्न लागेको हो ।

आज देखि मंसिर २६ गते गतेसम्म रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिकामा पहिलो चरणमा पालिकाको केन्द्रबाट मतदाता नामावली संकन गरिने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय रामेछाका सूचना अधिकारी गणेश थापाले बताउनुभयो।

थापाका अनुसार दोस्रो चरणको अभियानमा मंसिर २९ गते देखि पौष ९ गते सम्म गोकुलगंगा गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका र सुनापति गाउँपालिकाका केन्द्रबाट मतादाता नामावली संकलन गरिने कार्यतालिका रहेको छ ।

यता जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका मतदाता र अन्य मतदाताहरुले जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रामेछापमा रहेको मतदाता नामावली संकलन कक्षबाट फोटो सहितको नामावली संकलन गर्ने व्यवस्था मिलाइएको थापाले बताउनुभयो ।

बाहिरी जिल्ला स्थायी ठेगाना भएका मतादाताहरुको नामावली संकलन जिल्ला निर्वाचन कार्यालय रामेछापबाट मात्रै हुने जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।

फोटो सहितको मतदाता नामावलीमा नाम दर्ताका लागि नागरिकताको फोटोकपी, विवाह गरेर आएका व्यक्तिको हकमा विवाह दर्ता प्रमाणपत्रको फोटोकपी, बसाई सरी आएको हकमा बसाई सराई दर्ता प्रमाणपत्रको फोटोकपी र व्यक्ति स्वयं उपस्थित हुनुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार