नगरपालिकालाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य : मेयर न्यौपाने
रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनमा चुनौती रहिरहने बताउनुभएको छ । १५ औँ गणतन्त्र दिवसको अवसरमा रामेछाप नगरपालिकाद्धारा आयोजित प्रभातफेरी तथा प्रवचन कार्यक्रममा बोल्दै उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नागरिकको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै रामेछाप नगरपालिकालाई विकास र समृद्धिको […]