जिल्ला प्रशासन कार्यालय रामेछापमा निःशुल्क अनलाइन फाराम भर्ने ब्यवस्था

जिल्ला प्रशासन कार्यालय रामेछापमा निःशुल्क अनलाइन फाराम भर्ने ब्यवस्था

जिल्ला प्रशासन कार्यालय रामेछापले राहादानी लिन आउने सेवाग्राहीलाई सहज होस् भन्ने उद्धेश्यले निःशुल्क अनलाइन फाराम भर्ने सुविधा उपलव्ध गराएसँगै नागरिकमा खुशी छाएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सेवाग्रहीको सुविधानको लागि पहिलो पटक प्रशासन कार्यालयभित्रै राहदानी फर्म निःशुल्क भर्ने ब्यवस्था गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापले राहदानी बनाउन आउने सेवाग्राहीको लागि छुट्टै कक्ष र कर्मचारीको ब्यवस्था गरि निःशुल्क फर्म भर्ने ब्यवस्था गरेको हो । बाहिर फर्म भर्दा बिचौलियाहरुले सेवाग्राहीसँग मनलाग्दी शुल्क लिएको पाइएकाले सेवाग्राहीको हितलाई ध्यानमा राखी प्रशासन कार्यालयभित्रै निःशुल्क फर्म भर्ने ब्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार