रामेछापको दोरम्बा शैलुङमा उपराष्ट्रपति कप फुटबल प्रतियोगिता हुने

रामेछापमा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गुराँसेदेवी युवा क्लबले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुने जनाएको छ । प्रतियोगिता रामेछापको दोरम्बास्थित शैलुङमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालको चर्चित ३२ क्लबहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ […]

रामेछाप जिल्ला फुटबल संघ गठन,संयोजकमा सुन्दर घिमिरे

रामेछाप जिल्ला फुटबल संघ गठन भएको छ । सुन्दर घिमिरेको संयोजकत्वमा १९ सदस्य कार्यसमिती गठन गरिएको हो । यस समितीले जिल्लामा फुटबल खेलको विकासको लागी काम गर्ने संयोजक घिमिरेले बताउनुभयो । उहाँले जिल्लामा ११ वटा दर्ता भएका फुटबल क्लबहरु जिल्ला फुटबल संघमा समावेश भएको बताउनुभयो । जिल्लामा अन्य फुटबल क्बलहरु भए सम्पर्क गरेर जिल्ला फुटबल […]

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापकोे अध्यक्षमा केदार कार्की

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापकोे अध्यक्षमा केदार कार्की चयन हुनुभएको छ । आज रामेछाप बजारमा भएको जिल्ला कार्यसमिति रामेछापको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसैगरी उपाध्यक्षमा टिकाराम राना मगर,सचिवमा देवेन्द्र श्रेष्ठ,कोषाध्यक्षमा घना श्रेष्ठ,सहसचिवमा अपना श्रेष्ठ सहित १५ सदस्य कार्यसमिती चयन गरेको हो ।जिल्लाका सबै स्थानिय तहरुमा […]

टोकियो ओलम्पिक सकियो, अमेरिका पदक तालिकामा च्याम्पियन

जापानमा आयोजित गृष्मकालिन ओलम्पिकको ३२ संस्करण सम्पन्न भएको छ । राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थिति भने थिएन । टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । ३९ स्वर्णसहित कुल १ सय १३ वटा पदक जितेको अमेरिका शिर्ष स्थानमा रह्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काश्यका साथ ८८ […]

ओलम्पिक २०२० को पूर्वसन्ध्यामा जापानमा निषेधाज्ञा हटाइने

ओलम्पिक २०२० को आयोजक रहेको जापानको टोकियोमा आपतकालीन अवस्था हटाइने भएको छ । टोकियो ओलम्पिक २०२० सुरु हुन पाँच हप्ता मात्र बाँकी रहेकाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको आपतकालीन अवस्था आगामी आइतबारबाट हटाइने भएको हो । गत अप्रिलबाट टोकियोमा लगाइएको आपतकालीन अवस्था कोरोना संक्रमितको संख्या बढेपनि खेल प्रभावित हुने भन्दै आइतबारबाट प्रतिबन्धहरु हटाउन लागिएको […]

३३ पदक सहित गौरीशंकर माविले जित्यो तेस्रो रास्ट्रपति रनिङ शिल्ड

“स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

रामेछाप नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको […]

प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगितको उपाधि सिनिपु गुम्बा मगर सेवा समाजलाई

प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिताको उपाधि सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले उचालेको छ । आईतबार भएको खेलमा सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले २ गोल गर्दै अर्गानिक भिलेज नागीलाई हराएको हो । सेमिफाइलमा सिनिपुले दिपशिखालाई ५–४ गोल अन्तरले हराउँदै प्रवेश गरेको थियो भने नागीले लालिगुराँस युवा क्लब लखनपुरलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश […]

बाम्तिभण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा सिर्जनलशील स्टार युवा कल्बको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा फुटबल खेल आयोजना गरिएको हो । बातमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्लेलले उद्धघाटन गर्ने सो खेल यही चैत्र २७ गतेदेखि सुरु हुने […]

रामेछापको सुनापतीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको सुनापती गाउँपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । हिजोदेखी सुरु भएको प्रतियोगिताको उद्धघाटन रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले गर्नुभयो । गाउँपालिकाभरीका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । गाउँपालिकाको केन्द्र हिलदेवीमा प्रतियोगिता जारी छ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड लगायतका खेलहरु खेलाईने छ ।