रामेछाप गोल्ड कप फुटबल प्रतियोगितामा धाँधली भएको भन्दै खेलाडी आक्रोशित

रामेछाप गोल्ड कप फुटबल प्रतियोगितामा धाँधली भएको भन्दै खेलाडी आक्रोशित

बडा दशैँ,शुभ दिपावली तथा छठ पर्वको अवसरमा रामेछापको रामेछाप नगरपालिका वडा नं ७ को आर्थिक सहयोगमा जागरुक युवा क्लबले आयोजना गरेको रामेछाप गोल्ड कप फुटबल प्रतियोगितामा खेलाडीहरुले तोडफोड गरेका छ्न ।

हिजो भएको खेलमा आयोजक जागरूक युवा क्लब र माहाकाली युवा क्लब खेलेका थिए । सो खेलमा रेफरिले निस्पक्ष खेल खेलाउन नसकेको खेलाडीहरुको आरोप छ । पेनाल्टी नभइकन आयोजक जागरुक युवा क्लबलाई पेनाल्टी दिएको भन्दै माहाकाली युवा क्लबका खेलाडीले नाराबाजी गर्दै तोडफोड गरेका छ्न ।

सो क्लबका खेलाडीहरुले आयोजकको मिलिमतोमा रेफरिले खेल खेलाएको आरोप लगाएका छ्न । शनिबार भएको टिम हिलेपानी र जागरुक युवा क्लब बिचको खेलमा पनि रेफरिले आयोजक टिमलाई जिताएको भन्दै विवाद भएको थियो । खेल हेर्ने दर्शकले पनि रेफरिले निस्पक्ष खेल नखेलाएको भन्दै आपत्ति जनाएका छ्न । आयोजकले नंया गोरख दल गणबाट रेफरि मगाएर खेल खेलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार