दोश्रो रामपुर वडाअध्यक्ष कप भलिबल प्रतियोगितामा कालिका भन्सारी युवा क्लब प्रथम

दोश्रो रामपुर वडाअध्यक्ष कप भलिबल प्रतियोगितामा कालिका भन्सारी युवा क्लब प्रथम

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा दोश्रो रामपुर वडाअध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कालिका भन्सारी युवा क्लब प्रथम भएको छ ।

प्रथम हुँदै कालिका भन्सारी युवा क्लब कोलन्जोरले नगद ३५ हजारको साथमा सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्धितिय भएको लालिगुँराश युवा क्लब रामपुर बजारले नगद २५ हजारको साथमा सिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यसैगरी प्रतियोगितामा तृतिय स्थान हात पारेको नवजागरण युवा क्लब चारघरेले नगद १५ हजारको साथमा सिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको वडाअध्यक्ष भिम ब तामाले जानकारी दिनुभयो

। प्रतियोगिताका उत्कृष्ट खेलाडी राजन लुङ्गेली मगर घोषित हुनुभयो । उहाँलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिएको वडाअध्यक्ष तामाङले बताउनुभयो । प्रतियोगितामा वडाका ९ वटा टिमले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार