राखेपका नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङद्वारा पदभार ग्रहण

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई कसरी सफलता दिलाउन सकिन्छ, त्यस विषयमा विशेष ध्यान दिने भनाई

राखेपका नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङद्वारा पदभार ग्रहण

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई कसरी सफलता दिलाउन सकिन्छ, त्यस विषयमा विशेष ध्यान दिने भनाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङले आज मङ्गलवार पद तथा गोपनियताको शपथ लिनुभएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारमा रहेकाे मन्त्रालयमा घिसिङलाई शपथ गराउनुभएको हो ।

मन्त्रिपरिषद्को हिजाे सोमवारको बैठकले घिसिङलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । उहाँ चार वर्षका लागि नियुक्त हुनुभएको हो । घिसिङ नेपाल रग्बी सङ्घका अध्यक्ष हुनुहुन्थ्यो । उहाँले आजै राखेपमा पनि पदभार ग्रहण गर्नुभएको छ ।

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले राष्ट्रिय टोलीको सुधारलाई जोड दिने जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई कसरी सफलता दिलाउन सकिन्छ, त्यस विषयमा विशेष ध्यान दिने बताउनुभयो । उहाँले राष्ट्रिय टिम निर्माणका लागि आवश्यक तयारी रोकिएको र त्यसलाई सञ्चालन गर्ने तथा खेलाडीलाई बीमा गर्ने नीति कार्यक्रम नभएकाले यसलाई अगाडि बढाउने निर्णयसमेत आफूले गर्ने तयारी गरेको सुनाउनुभयो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव हुनुहुन्छ । यसअघि गएकाे वर्ष असारमा ऐन लागू भएपछि रमेश सिलवाल पहिलो सदस्य सचिवका रूपमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार