रातमाटा मगर समाजले जित्यो खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि

नेपाल तरुण दल रामेछाप नगरपालिका २ देउरालीले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रातमाटा मगर समाजले जितेको छ । ’स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने अभियानका साथ यहि पुस २४ र २५ गते भएको खेलमा रातमाटा मगर समाजले प्रथम स्थान हासिल गर्न सफल भएको छ । खेलमा प्रथम हुँदै रातमाटा मगर समाजले नगद […]

रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुनेभएको छ । नगरपालिकाको आयोजनामा यहि माघ ९ गतेदेखि सुरु हुने तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष ब्याड्मिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाइने नगरपालिकका खेल प्रशिक्षक टिकाराम मगरले जानकारी दिनुभयो । ३ दिनसम्म चल्ने प्रतियोगितामा सिनियर तर्फ जोडीको खेलमा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुनेले […]

रामेछाप देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

नेपाल तरुण दल रामेछाप नगरपालिका २ देउरालीले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । ’स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने अभियानका साथ शुक्रबार खेलको उद्घाटन भएको छ । भलिबल प्रतियोगिता नेपाली कांग्रेस रामेछापका नेता नारायण भट्टराईले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा रामेछाप र ओखलढुंगा जिल्लाका गरि ९ टिमले सहभागीता जनाएको वडा सदस्य सुशिल हरि […]

‘रामेछाप कप–२०७७’ स्थगित

दीपशिखा ब्वाईज युनाईटेड क्लवले स्थापना काल देखि नै गर्दै आएको ‘रामेछाप कप’ यस वर्ष भने तत्कालका लागि स्थगित भएको छ । विश्वभरी महामारीको रुपमा फैलिई रहेको कोरोना भाइस नेपालमा पनि तिव्र रुपमा फैलिई रहेको कारण यस वर्ष संचालनको तयारीमा रहेको ‘रामेछाप कप–२०७७’ तत्कालका लागि स्थगित भएको हो । क्लवले प्रेस विज्ञप्ती जारी गर्दै यहि असोज […]

क्यानको साधारण सभा असोज २८ गते हुने

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोज २८ गते हुने भएको छ । चितवनमा हिजो बसेको बोर्ड बैठकले असोज अन्तिममा साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको कारण साधारण सभा भर्चुअल हुने क्यानले जनाएको छ । परिस्थिति अनुकुल रह्यो भने भौतिक रुपमा उपस्थिति भएर पनि साधारण सभा आयोजना गर्ने बाटो खुला रहेको […]

आइसीसीको नयाँ वरियतामा नेपाल १५ औं स्थानमा यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड […]

१३ औं दक्षिण एसियाली खेलकुदमा सामान खरिदमा भएको अनियमितताबारे छानबिन सुरु

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा देखिएको अनियमितताबारे छानबिन गर्न गठित उप समितिले काम सुरु गरेको छ । सागको सामान खरिद तथा राष्ट्रिय खेलकुद परिषद परिसरको रुख कटानका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको ५ सदस्यीय उपसमितिले काम सुरु गरेको हो ।गोविन्दप्रसाद भट्टराईको […]

बार्सा लीगमा रहन जित्नै पर्ने खेल

एजेन्सी । बार्सा लीगमा रहन जित्नै पर्ने खेल स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलाले आज अर्थात शनिबार रियाल भालाडोलिडसँग खेल्नेछ । लालीगाको उपाधि रिलेमा रहेको बार्सिलोनाले आजको रियाल भालाडोलिडसँग जित निकाल्दै शिर्ष स्थानको रियाल मड्रिडसँगको अंक दूरी १ मा छोट्याउन चाहन्छ । यी दुईबिचको खेल भालाडोलिडको घरेलु मैदान जोसे जोरिल्लामा नेपाली समयानुसार राति […]

४३ प्रयासपछि युभेन्टसका लागि रोनाल्डोको पहिलो फ्रिकिक गोल

क्रिस्टियानो रोनाल्डोले ४३ पटकको प्रयासपछि युभेन्टसका फ्रिकिकबाट पहिलो गोल गरेका छन् । योसँगै रोनाल्डो क्लबका लागि इटालियन सिरिए ए मा एकै सिजनमा २५ गोल गर्ने सन् १९६१ पछि पहिलो खेलाडी बनेका छन् ।  शनिबार भएको टुरिन डर्बीमा युभेन्टसले टोरिनोलाई ४–१ गोल अन्तरले पराजित गर्यो । खेलको तेस्रो मिनेटमा नै पाउलो डिबालाले युभेलाई अग्रता दिलाएका थिए […]

बर्नमाउथलाई हराउँदै युनाइटेड चौथो स्थानमा उक्लियो

काठमाडौं, २० असार । प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले जीत हात पारेको छ । एएफसी बर्नमाउथलाई ५-२ ले हराउँदै युनाइटेडले महत्वपूर्ण ३ अंक बटुलेको छ । युनाइटेडको जीतमा मेसन ग्रीनवूडले २ तथा एन्थनी मार्सियाल, ब्रुनो फर्नान्डेस र मार्कस रासफोर्डले १-१ गोल गरे । बर्नमाउथका लागि स्टानिसलास र किंगले १-१ गोल गरे । खेलमा […]