रामेछाप गोल्डकप फुटबल प्रतियोगिता सुरु,नगरप्रमुखद्धारा उद्धघाटन

रामेछाप गोल्डकप फुटबल प्रतियोगिता सुरु,नगरप्रमुखद्धारा उद्धघाटन

वडादशैँको अवसरमा आयोजना गरीएको रामेछाप गोल्डकप फुटबल प्रतियोगिता २०७८ आजदेखी सुरु भएको छ । प्रतियोगिताको रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले उद्धघाटन गर्नुभयो ।

सो कार्यक्रममा बोल्दै उहाँले प्रतियोगितामा सहभागी खेलाडीहरुले खेल खेल्ने क्रममा कुनै चोटपटक लागे वा घाईते भईहालेमा त्यसको उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभयो ।

रामेछाप नगरपालिका वडा नं ७ मा रहेको जागरुक युवा क्लबले रामेछाप गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको हो । रामेछाप नगरपालिका भित्र रहेका विभिन्न ११ वटा टिमले प्रतियोगितामा सहभागीता जनाएका छन ।

प्रतियोगिता आजदेखी २६ गतेसम्म रामेछाप नगरपालिका ८ को टुडिखेलमा सन्चालन हुने छ । उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजारको साथमा ट्रफी,मेडल तथा प्रमाण पत्र पाउने छन ।

यसैगरी द्धितिय हुने टिमले नगद १५ हजारको साथमा ट्रफी,मेडल तथा प्रमाण पत्र पाउने छन । प्रतियोगितामा तृतिय हुने टिमले नगद १० हजारको साथमा ट्रफी,मेडल तथा प्रमाण पत्र पाउने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उदाउँदो खेलाडीलाई नगद ५ हजारको साथमा ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार