देउरालीमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा रातमाटा मगर समाज प्रथम

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउराली लाम्टेमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा रातमाटा मगर समाज प्रथम भएको छ । प्रतियोगितामा लाम्टे मगर समाजले द्वितीय स्थान हासिल गर्दा रामपुरले भने तृतीय स्थानमा चित्त बुझाएको छ । नेपाल तरुण दल रामेछाप नगरपालिका वडा नं २ देउरालीले आयोजना गरेको उक्त प्रतियोगिता यहि फाल्गुन २७ गते सुरु भएर […]

पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जिते

पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् । ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरिपालिकाको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको म्याराथनमा १८६ जना […]

दोरम्बा शैलुङ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको दोरम्बा शैलुङ गाउँपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह मोत्तानले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै मोत्तानले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताउनुभयो । यो प्रतियागिताले विद्यार्थीहरुको क्षमता […]

रामेछाप देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल तरुण दल रामेछाप नगरपालिका वडा नं २ देउरालीले आयोजना गरेको उक्त प्रतियोगिता यहि फाल्गुन २७ र २८ गते हुने वडासदस्य सुशिलहरि बख्रेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजार,द्धितिय हुनेले नगद ३० हजार र तृतिय हुने […]

मन्थली नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको मन्थली नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिजोदेखी सुरु भएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै नगर प्रमुख बस्नेतले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताउनुभयो । यो […]

तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

रामेछापको सुनापति गाउँपालिकामा तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँस्तरमा रहेको खेलाडीहरुको पहिचान र खेलाडीहरुको क्षमता विकासको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । प्रतियोगिता आगामी चैत्र ५ गतेदेखि ८ गतेसम्म सन्चालन हुने अध्यक्ष लामाले बताउनुभयो । प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता […]

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ खेलाडी छनौट

बाग्मती प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ जना खेलाडी छनौट भएका छन् । मंगलबार श्री गौरीशंकर बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलाडी छनौट प्रतियोगिता मार्फत २६ जना खेलाडी छनौट भएको जिल्ला तेक्वान्दो संघ रामेछापका उपाध्यक्ष टिकाराम रानामगरले जानकारी दिनुभयो । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशमा खेल्ने र प्रदेशवाट छनौटमा परेका खेलाडीहरुले निकट भविष्यमा हुन […]

तेस्रो मन्थली मेयर कप भलिवल प्रतियोगिताको उपाधि मन्थली १ ले जित्यो

रामेछाप सदरमुकाम मन्थलीमा संचालन भएको तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका १ ले जितेको छ । आज मन्थलीमा भएको फाईनल खेलमा मन्थली ११ लाई पाराजित गर्दै मन्थली १ ले उपाधि जितेको हो । तिन दिनसम्म संचालन भएको उक्त प्रतियोगितामा १४ वडाको टीम विच प्रतिस्पर्धा भएको थियो । विजयी खेलाडी तथा टिमलाई […]

रामेछापको मन्थलीमा मेयरकप प्रतियोगिता सुरु

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालीकामा तेस्रो मन्थली मेयरकप पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्तनेतले प्रतियोगिताको उद्धघाटन गर्नुभएको छ । जिल्ला समन्वय समितिको मैदानमा सुरु भएको प्रतियोगीता अन्र्तगत आरम्भमा भएको पहिलो खेलमा मन्थली नगरपालीका वडा नं ४ सालुले वडानं २ टेकानपुर लाई २५: १५ र १३ : […]

मंसिर २३ गतेदेखि रामेछाप जिल्ला फुटबल लिग २०७८ हुँदै

रामेछापको सदरमुकाम मन्थलीमा यहि मंसिर २३ गतेदेखि रामेछाप जिल्ला फुटबल लिग २०७८ हुनेभएको छ । रामेछाप जिल्ला फुटबल संघको आयोजनामा उक्त प्रतियोगिता सन्चालन गर्न लागिएको आयोजकले जनाकारी दिएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न क्लबहरुले सहभागीता जनाउन पाउनेछन । उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख एक सय एघार सहित सिल्ड मेडल […]