गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जित्यो

गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जित्यो

रामेछापको गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जितेको छ । विभिन्न विद्यामा भएको छात्रछात्रा प्रतियोगितामा ठोसेस्थित सारदा माविले ७ स्वर्ण, ९ रजत र ४ काश्यगरी २० पदक प्राप्त गरेको छ । सारदा माविले रनिङ शिल्ड उचालेसँगै जनजागृत माविले उपविजेतामा चित्त बुझाएको छ ।

उपविजेता बनेको जनजागृत माविले पनि २० पदक हात पारेको छ । ७ स्वर्ण, ६ रजत पाएको सो विद्यालयले ७ कास्य प्राप्त गरेको हो । यस्तै, जट्टेश्वरी माविले ४ स्वर्ण, २ रजत र १० कास्य गरी १६ पदक, गोकुलगंगा माविले ६ स्वर्ण, ४ रजत र ३ कास्य गरी १३ पदक प्राप्त गर्दा कमलादेवी माध्यमिक विद्यालयले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरी ११ पदक प्राप्त गरेको छ ।

श्री माध्यमिक विद्यालय फर्पुले १ स्वर्ण, ३ रजत र १ कास्य पाउँदा सेतीदेवी माध्यमिक विद्यालयले १ स्वर्ण र २ कास्य पाएको आयोजक गोकुलगंगा गाउँपालिकाले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोकुलगंगा गाउँपालिकाभित्रका ७ वटा माविका विद्यार्थीहरुले सहभागी जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार