रामेछापको मन्थलीमा वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

रामेछाप सदरमुकाम मन्थलीमा बुधबारबाट वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति रामेछापको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन एमाले सचिव गोकर्ण विष्टले गर्नुभयो । नेकपा एमालेको जनसङ्गठन नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीको आयोजनामा प्रतियोगिता भएकोे हो । प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका १३ टिमले भाग लिएका छन । एक […]

रामेछापमा बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछापमा वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिनुभयो । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल […]

“रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिताको उपाधि टिम हिलेपानीले जित्यो

बडादशैँको अवसरमा जागरुक युवा क्लब सुकाजोरले आयोजना गरेको “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिताको उपाधि टिम हिलेपानीले जितेको छ । आयोजक जागरुक युवा क्लब र टिम हिलेपानीबिच भएको फाइनल खेलमा टिम हिलेपानीले ३ गोल गर्न सफल भएको छ भने जागरुक युवा क्लबले एक गोल मात्रै गर्न सक्यो । प्रतियोगितामा प्रथम हुँदै टिम हिलेपानीले नगद ५० हजारको […]

रामेछापको सुनारपानीमा आजदेखी वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै छ । आजदेखी सुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुने वडा कार्यालयले जानकारी दिएको छ ।  बडा दशैँको अवसरमा आयोजना गरिएको प्रतियोगितामा पुरुष भलिबल खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजारको साथमा शिल्ड,मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद […]

“रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता सुरु, १० टिम सहभागी

बडादशैँको अवसरमा “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले प्रतियोगिताको उद्धघाटन गर्नुभएको हो । जागरुक युवा क्लब सुकाजोरले प्रतियोगिताको आयोजना गरेको हो । आजेदेखी १६ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल हुने छ । प्रतियोगितामा महिला ४ टिम र पुरुष ६ टिम गरी १० टिमको […]

असोज १३ गतेदेखी “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुँदै

बडादशैँको अवसरमा “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुने भएको छ । जागरुक युवा क्लब सुकाजोरले प्रतियोगिताको आयोजना गर्न लागेको हो । असोज १३ गतेदेखी १६ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल हुने छ । महिला ४ टिम र पुरुष ६ टिम गरी १० टिम सहभागी प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको खेलकुद संयोजक मनिष […]

दोस्रो रामेछाप कप फुटबल प्रतियोगीता आयोजना हुँदै

रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ‘दोस्रो रामेछाप कप खुला पुरुष फुटबल प्रतियोगीता’ आयोजना हुने भएको छ । आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबका अध्यक्ष आशिष कार्कीका अनुसार मन्थली नगरपालिका वडा नम्बर २ स्थित करम्बोट खेल मैदानमा असोज १० गतेदेखि १५ गतेसम्म प्रतियोगीता आयोजना हुनेछ । उहाँका अनुसार यो प्रतियोगीताको प्रायोजक मन्थली नगरपालिका छ । आयोजक क्लबका उपाध्यक्ष […]

रामेछाप स्थित सुनकोसी नदीमा डुंगा दौड प्रतियोगिता सुरु, देशभरका २० टिम सहभागी

अन्तर जिल्ला प्रथम खुला डुंगा दौड प्रतियोगिता आज रामेछाप स्थित सुनकोसी नदीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा देशभरका २० टिमको सहभागिता रहेको छ । माझीको परम्परागत पेशाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । सुनकोसीमा परम्परागत सिमलको डुंगा चलाएर […]

मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा रामेछाप फुटबल संघ विजयी

मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा रामेछाप फुटबल संघ विजयी भएको छ । आज रामेछापको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा मैत्रीपुर्ण महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । रामेछाप फुटबल संघले आयोजना गरेको उक्त प्रतियोगितामा नयाँ गोरख गण रामेछाप र रामेछाप फुटबल संघबिच खेल भएको थियो । उक्त खेलमा रामेछाप फुटबल संघले नयाँ गोरख गण रामेछापलाई […]

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा रामेछापले सिन्धुपाल्चोकलाई हरायो

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको फुटबल प्रतियोगितामा रामेछाप विजयी भएको छ । रामेछापले सिन्धुपाल्चोकलाई हराएको हो । रामेछापले सिन्धुपाल्चोकलाई ट्राइब्रेकरमा ४–२ ले हराएको हो । ट्राइब्रेकरमा रामेछापका श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गर्नुभयो । सिन्धुपाल्चोकका सुजन माझी र विज्ञान थिङले मात्र गोल गर्न सके । खेलमा रामेछापका […]