निजामति सेवा दिवसका अवसरमा रामेछापमा कर्मचारीहरुबीच फुटबल प्रतियोगिता

निजामति सेवा दिवसका अवसरमा रामेछापमा कर्मचारीहरुबीच फुटबल प्रतियोगिता

निजामति सेवा दिवसका अवसरमा रामेछापमा प्रशासन कर्मचारी र प्राविधिक कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्र रामेछापको आयोजना र रामेछाप जिल्ला फुटबल संघको सहजीकरणमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो ।

रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको नेतृत्वमा जिल्ला भरीका निजामति कर्मचारीको उपस्थितिमा मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको रामेछाप जिल्ला फुटबल संघका अध्यक्ष सुन्दर घिमिरेले जानकारी दिनुभयो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगीतामा प्राविधिक कर्मचारीहरुको समूह प्रथम भएको र प्रशासन कर्मचारीहरुको टिम द्वितीय भएको घिमिरेले जानकारी दिनुभयो ।

‘व्यवसायिक सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित आज देशैभरी निजामति सेवा दिवस मनाइँदैछ । रामेछापमा जिल्लाका कर्मचारीले फुटबललाई प्राथमिकता दिँदा यो मैत्रीपूर्ण खेल सफलतापूर्वक सम्पन्न भएको जिल्ला फुटबल संघका अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार