रामेछापको खाँडादेवी-६ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको खाँडादेवी-६ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको खाँडादेवी गाउँपालिका-६ माकादुममा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई सम्पन्नपारदर्शिता र जवाफदेहिता सहितको सवाल जवाफका लागि सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०७९/०८० को सुरुदेखि बैशाख मसान्त सम्ममा सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा कार्यक्रममा सहभागिहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए । पालिकाले आफ्नो वडामा बजेट दिन आनाकानी किन गरेको भन्दै पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई नागरिकले प्रश्न राखेका थिए ।

चालु आर्थिक वर्षमा वडाका लागि विनियोजित कुल रकम ९९ लाख २७ हजार मध्य विकास निर्माण योजना अन्तर्गत ५४ लाख रकम ६ वटा मुल शिर्षक अन्तर्गत काम गरिएको वडा अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।
खानेपानी ट्यांकी कुवा निर्माण तथा पाइप खरिद योजना उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ३३ लाख ७७ हजारलाइ ३२ वटा योजनाहरुमा विभाजित गरी काम गरिएको उनले बताए । त्यसमध्य २७ वटा योजना सम्पन्न भइसकेको र बाँकी ५ वटा योजना चालु अवस्थामा रहेको बताए ।

गोरेटो बाटो चौतारा तथा प्रतिक्षालय निर्माण योजना उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ८ लाख ३५ हजारलाई ८ वटा योजनाहरुमा विभाजित गरी ३ वटा योजना सम्पन्न भइसकेको र ५ वटा योजना चालु अवस्थामा रहेको अध्यक्ष कार्कीले बताए ।
मठ मन्दिर तथा गुम्बा घेराबार उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ३ लाख ७५ हजारलाई ४ वटा योजनाहरुमा विभाजित गरी काम भएको जसमा ४ वटै योजना सम्पन्न भइसकेका कार्कीले जानकारी दिए ।

सिचाँइ ट्यांकी निर्माण तथा पाइप खरिद उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ८ लाख १३ हजारलाई ५ वटा योजनाहरुमा विभाजित गरी कार्य गरेका छौ जसमा २ वटा योजना सम्पन्न भइसकेका छन् भने बाँकी ३ वटा योजना चालु अवस्थामा रहेको छ उनले भने ।

सडक मर्मत कोष उपभोक्ता समिति अन्तर्गत २७ लाख रकम विनियोजन गरिएकोमा गत मंसिरमा उपभोक्ता समिति गठन गरिएको भएता पनि सो योजना सञ्चालनका लागि पालिका अध्यक्षबाट रोक्का भएको उनले बताए ।

महाजनटोल भटौली धर्मशाला गोरेटो बाटो निर्माण अन्तरगत ३ लाख रकम विनियोजन गरिएकोमा गत मंसिरमा उपभोक्ता समिति गठन गरिएको तर पटक पटक ताकेता गर्दा समेत उपभोक्ता समिति सम्पर्कमा नआएको बताए ।
घरेलु तथा शिपमुलक कार्यक्रम सञ्चालन अन्तर्गत रु १ लाख २७ हजार रकम विनियोजन भएकोमा बासबाट बनाइने घरेलु सामाग्रीको तालिम गराइ कार्यसम्पन्न भइसकेको छ ।

स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङगता तथा दलित लक्षित गरी जनचेतना तथा सम्मान कार्यक्रम अन्तरगत २ लाख ५० हजार रकम विनियोजन भएकोमा सबै रकम रकमान्तर गरी शिक्षा क्षेत्रमा उपचारात्मक कक्षा सञ्चालनका लागि १ लाख ५० हजार रकम माध्यमिक विद्यालयमा प्रदान गरिएको र कक्षा सञ्चालित अवस्थामा रहेको बताए ।
वडागत सार्वजनिक सुनुवाई कार्यक्रम, स्वास्थ्य स्वयसेविका सम्मान, उत्कृष्ठ शिक्षक सम्मान, वडास्तरीय वा ५ कक्षामा उत्कृष्ठ अंक ल्याइ उत्तिर्ण भएका ३ जना विद्यार्थीलाई सम्मान लागि १ लाख रकम छुट्याइएको वडाध्यक्ष कार्कीले बताए ।

कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण लामिछाने, वडाअध्यक्ष नारायण कार्की, वडा सचिव विना ओझाले सम्बोधन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्कीले आफुलाई कुनै पनि समस्या परे सिधै जिल्ला समन्वयमा आएर भनेमा आफु सदैव नागरिकको साथमा रहने प्रतिवद्धता व्यक्त गरिन ।

साथै अहिलेसम्म वडाले जनताकै हितको लागि काम गर्दै आएको र आगामि दिनमा पनि जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न वडाअध्यक्षलाई आग्रह गरिन् ।

कार्यक्रमको अवसरमा वडा भित्रका उत्कृष्ट शिक्षक, कक्षा ५ बाट ६ कक्षामा जाँदा उत्कृष्ट अंक ल्याएर पास हुने ३ जना विद्यार्थी, साविकका ९ वटै वडाका स्वयम्सेविकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम ६ नं. वडा कार्यालय माकादुमको आयोजना तथा प्रहार मिडियाले सहजीकरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार