रामेछाप नगरपालिका ७ सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका ७ सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक अबद्यिसम्म संचालन भएका विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आज सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका प्राविधिक भागवत कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुले विभिन्न प्रश्न,जिज्ञास र गुनासोहरु राखेका थिए । धु्रव कुमार बस्नेत,दिल बहादुर रावत,होम बहादुर बस्नेत लगायत सहभागीहरुले सडक,खानेपानी,वडाबाट भएको मल वितरण, शिक्षा लगायत विभिन्न विषयवस्तुहरुमा रहेर प्रश्न गरेका थिए । सहभागीहरुको प्रश्नको जवाफ वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले दिनुभएको थियो ।

नागरीकहरुको प्रश्नको जवाफ दिदै उहाँले वडाबसीको आवश्यकता,चाहना र माग अनुसार नै आफुले काम गर्दैआएको बताउनुभयो । वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने उहाँले बताउनुभयो । सम्वृद्ध सुकाजोर बनाउन यहाँका नागरीकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि उहाँले बताउनुभयो ।

प्रहार मिडिया प्रालीले सहजीकरण गरेको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुुख प्रशासकिय अधिकृत निरज पौडेल लगायत विभिन्न राजनितीक दलका प्रमुख एवं प्रतिनिधी,पत्रकार सहित नागरीकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार