रामेछापका ६८ जनाको पिसिआर रिपोट आउन बाँकी,२१ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म एक हजार १६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ६८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज खाँडादेवी गाउँपालिकाका १० जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरिएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका […]

बिदेशमा अलपत्र परेका नेपालीलाइ छिटो स्वदेश फर्काउन काँग्रेसको माग

नेपाली काँग्रेसले सरकारले चार्टर उडानको टिकटदेखि अन्य सबै खर्चको भारी बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको आरोप लगाएको छ । काँग्रेसले हिजो एक विज्ञप्ति निकाल्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन् पीडा थप्ने काम गरेको जनाएको हो । गएको असार एक गते सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई […]

उनी र म ……..

–विनोदकुमार श्रेष्ठ , रामेछाप । झल्यास् विउझिएँ । ‘आइ लभ यू…..’ उनको शब्द कानमा गुञ्जिहाल्यो । मन छट्पटियो, अनायासै । निदाउँन खोजे, मरिगए सकिनँ । उनले बोलेका, लेखेका शब्दहरु रिल बनेर आँखा अघि घुम्यो, अनि चस्क्यो मुटु । ‘जिन्दगी हार नै त हो नि, जित त क्षणिक रहेछ,’ छटपटिएको मन सम्हालेँ तर दिमागमा उनी निकै […]

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पछिको विषयमा परिसंवाद गर्ने

राष्ट्रियपुर्ननिर्माण प्राधिकरणले २०७२ साल वैशाखको भूकम्पपछि पाँच वर्षमा पुनर्निर्माण र पुनस्थापनाका क्रममा प्राप्त अनुभव, सफल अभ्यास एवम् सिकाइ आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ। भूकम्पपछिको पुर्ननिर्माण र पुर्नस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौँमा प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको […]

आज ऋषि पञ्चमी मनाइँदै

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज मनाइँदैछ । हिन्दुधर्माबलम्बी महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरेर ऋषि पञ्चमी मनाउँदैछन् ।हरितालिका (तीज) को व्रत एवं पूजा आराधना भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी […]

नेकपा विवाद समाधान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पार्टीका दुबै अध्यक्षलाई बुझाएको छ । हिजो बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी भित्र उठेका विभिन्न विषयलाई मसिनो गरी छलफल गर्दै दस्तावेजीकरण गरेको थियो । कार्यदलले गत शनिबारबाट काम सुरु गरेको हो । गत शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली […]

दैनिक एक हजार स्वाब परीक्षण हुनेगरी धुलिखेलमा प्रयोगशाला स्थापना

काभ्रे जिल्लाको धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ । बागमती प्रदेश सरकारले धुलिखेल नगरपालिकामा स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले दैनिक एक हजार स्वाब परीक्षण गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको हो […]

सिन्धुलीमा ७२ वर्षकावृद्धलाई यातना दिने ६ जना पक्राउ

सिन्धुलीमा ७२ वर्षका एक वृद्धलाई बन्धक बनाई यातना दिने ६ जना पक्राउ परेकाछन् । हरिहरपुरगढि गाउँपालिका वडा नं ५ हात्तिदमार धुलौटा का ७२ वर्षकावृद्ध लक्षुमान बम्जनलाई गत शुक्रवार सोहि स्थानका एक परिवारका ७ जनाले बोक्साको आरोप लगााएर ४ घण्टासम्म बन्धक बनाई राखेर कुटपिट तथा यातना दिएका थिए ।यातना दिने मध्येमा वडा नम्बर ५ हात्तिदमार धुलौटाकै […]

भन्सारको राजश्व सङ्कलनमा कमी, मासिक लक्ष्यको ३५ प्रतिशत मात्र असुली

रसुवागढीस्थित भन्सार कार्यालयले लक्ष्यको तुलनामा गत साउनको भन्दा कम राजश्व सङ्कलन गरेको छ । टिमुरेस्थित रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा निकै कम राजश्व सङ्कलन भएको जनाएको छ ।चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन महिनामा कार्यालयले २३ करोड ५६ लाख ९८ हजार मात्र राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउन महिनामा ६८ […]

विश्व स्वास्थ्य संगठनद्धारा बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीबाट जोगिन बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू गरेको छ । संगठनले १२ वर्षभन्दा बढी उमेर भएका बालबालिका लागि मास्क लगाउने नियमलाई अनिवार्य गरिदिएको छ । संगठनले जुन मुलुकमा बयस्कका लागि मास्क लगाउने नियम लागू गरिएको छ त्यही नियम १२ वर्षभन्दा बढी उमेरका बच्चाका लागि पनि लागू हुने […]