सिन्धुलीमा ७२ वर्षकावृद्धलाई यातना दिने ६ जना पक्राउ

सिन्धुलीमा ७२ वर्षकावृद्धलाई यातना दिने ६ जना पक्राउ

सिन्धुलीमा ७२ वर्षका एक वृद्धलाई बन्धक बनाई यातना दिने ६ जना पक्राउ परेकाछन् । हरिहरपुरगढि गाउँपालिका वडा नं ५ हात्तिदमार धुलौटा का ७२ वर्षकावृद्ध लक्षुमान बम्जनलाई गत शुक्रवार सोहि स्थानका एक परिवारका ७ जनाले बोक्साको आरोप लगााएर ४ घण्टासम्म बन्धक बनाई राखेर कुटपिट तथा यातना दिएका थिए ।यातना दिने मध्येमा वडा नम्बर ५ हात्तिदमार धुलौटाकै आमा फुलमाया वाईबा, छोरिहरु हरिमाया वाइबा र रोजिना वाइबा, छोराहरु टासिङ वाइबा,शुक्रबहादुर वाइबा,सुरेन्द्र वाइबा र लाल बहादुर बाइवा रहेकाछन् ।पीडित बम्जनलेनै उजुरि दिएको आधारमा आमा सहित ३ छोरा र २ जना छोरिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख रञ्जु सिग्देलले बताउनुभयो । अरु आरोपितहरु भने फरार रहेका छन् र उनीहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार