भन्सारको राजश्व सङ्कलनमा कमी, मासिक लक्ष्यको ३५ प्रतिशत मात्र असुली

भन्सारको राजश्व सङ्कलनमा कमी, मासिक लक्ष्यको ३५ प्रतिशत मात्र असुली

रसुवागढीस्थित भन्सार कार्यालयले लक्ष्यको तुलनामा गत साउनको भन्दा कम राजश्व सङ्कलन गरेको छ । टिमुरेस्थित रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा निकै कम राजश्व सङ्कलन भएको जनाएको छ ।चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन महिनामा कार्यालयले २३ करोड ५६ लाख ९८ हजार मात्र राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउन महिनामा ६८ करोड १० लाख ६५ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको तुलनामा ३४ दशमलव ६१ प्रतिशत मात्र असुली गरेको हो ।रसुवागढी नाकाबाट एक महिना अघिदेखि आयात सुरु भएपनि विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण राजश्व सङ्कलनमा कमी आएको कार्यालयका भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार