राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पछिको विषयमा परिसंवाद गर्ने

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पछिको विषयमा परिसंवाद गर्ने

राष्ट्रियपुर्ननिर्माण प्राधिकरणले २०७२ साल वैशाखको भूकम्पपछि पाँच वर्षमा पुनर्निर्माण र पुनस्थापनाका क्रममा प्राप्त अनुभव, सफल अभ्यास एवम् सिकाइ आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ। भूकम्पपछिको पुर्ननिर्माण र पुर्नस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौँमा प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसकै तयारी स्वरुप भोलिदेखि चार दिसम्म भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गर्न लागिएको सम्मेलनका संयोजक डाक्टर चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । परिसंवादमा पुर्ननिर्माण र पुर्नस्थापनाका ६ वटा विषयगत क्षेत्र ः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवम् सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवम् सुशासनबारे छलफल हुनेछ । परिसंवादमा ६० वटा शोधपत्र प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन चाहनेले अनलाइन दर्ता प्रक्रियामार्फत् भाग लिन सक्ने प्राधिकरणले जनाएको छ । त्यसका लागि सचिवालयको इमेल ठेगानामार्फत् सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार