रामेछाप नगरपालिकाका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

रामेछाप नगरपालिकाका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

आज रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । आज भेटिएको २ जना कोरोना संक्रमित रामेछाप नगरपालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले दिनुभएको जानकारी अनुसार संक्रमितहरुको घर रामेछाप नगरपालिका भएपनि उनिहरू कामको सिलसिलामा काठमाडौ मै बसोबास गर्दै आएका छन । संक्रमितहरु अहिले काठमाडौँमैँ रहेको उहाँले बताउनभुयो ।

देशभर ८ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म कुल ३१ हजार ९ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना घरमा नै आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार