बिदेशमा अलपत्र परेका नेपालीलाइ छिटो स्वदेश फर्काउन काँग्रेसको माग

बिदेशमा अलपत्र परेका नेपालीलाइ छिटो स्वदेश फर्काउन काँग्रेसको माग

नेपाली काँग्रेसले सरकारले चार्टर उडानको टिकटदेखि अन्य सबै खर्चको भारी बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको आरोप लगाएको छ । काँग्रेसले हिजो एक विज्ञप्ति निकाल्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन् पीडा थप्ने काम गरेको जनाएको हो । गएको असार एक गते सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्नसरकारका नाममा आदेश जारी गरेको थियो । आदेशको दुई महिनापछि पुनः महँगो चार्टर उडानको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्न लागेको भन्दै काँग्रेसले आपति जनाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नु न्यायोचित नभएको पनि काँग्रेसले बताएको छ । त्यस्तै मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल तीन वटा उद्धार उडानको अनुमति दिएकाले नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक नेपाल आइपुग्न महिनौं लाग्ने पनि शर्माले बताउनुभएको छ । काँग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट व्यवस्था गरेर निस्शुल्क उद्वार गर्न काँग्रेसले सरकार समक्ष पुनः माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार