जिल्ला अस्पताल रामेछापमा भएको मानसिक रोग शिविरमा ४१ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा बुधबार(आज) भएको मानसिक रोग शिविरमा ४१ जनाले सेवा लिएका छन । मानसिक अस्पताल पाटन लगनखेल ललितपुरमा कार्यरत मानसिक तथा नशा रोग बिशेषज्ञ डा. नबिन देबकोटाले शिविरमा सेवा दिनुभएको हो । “अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीले जानकारी दिनुभयो । शिविरमा निद्रा […]

रामेछापको सुनापती गाउँपालिकाको भलायखर्कमा बस दुर्घटना हुँदा ७ जना घाइते

रामेछापको सुनापति गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् । सुनापति गाउँपालिका–२ रजमनटारबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३ ख ५९६० नम्बरको यात्रुबाहक बस सुनापती गाउँपालिका–३ भलायखर्कमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा सुनापाती गाउँपालिका–२ का वर्ष ५० की मैच्याङ तामाङ, […]

साक्षरता अर्थात् संसारसँगै आफैंले आफैंलाई हेर्ने आँखा

आज विश्व साक्षरता दिवस । यो दिवस सन् १९६५ बाट युनेस्कोले हरेक वर्षको ८ सेप्टेम्बरमा मनाउने घोषणा गरेको थियो । विश्वभर शैक्षिक संघ संस्थाहरूले साक्षरता दिवसलाई आ९आफ्नै तरिकाले मनाउने गर्दछन् । संसारमा भएका सम्पूर्ण मानिसहरू साक्षर हुन पाउनु उनीहरूको नैसर्गिक अधिकार हो भने यसको लागि काम गर्नु हरेक राज्यको दायित्व पनि हो । मानवलाई साक्षरताले […]

निजामति सेवा दिवसका अवसरमा रामेछापमा कर्मचारीहरुबीच फुटबल प्रतियोगिता

निजामति सेवा दिवसका अवसरमा रामेछापमा प्रशासन कर्मचारी र प्राविधिक कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्र रामेछापको आयोजना र रामेछाप जिल्ला फुटबल संघको सहजीकरणमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो । रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको नेतृत्वमा जिल्ला भरीका निजामति कर्मचारीको उपस्थितिमा मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको रामेछाप जिल्ला […]

निजामति सेवा दिवसको उपलक्ष्यमा रामेछाप अस्पतालमा रक्तदान

निजामति सेवा दिवसको उपलक्ष्यमा जिल्ला अस्पताल रामेछापमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिहिवार (आज) बिहान भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहित विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थितीमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा विभिन्न व्यक्तिहरुले रक्तदान गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीले बताउनुभयो ।

रामेछाप स्थित तामाकोसी नदीको किनारामा महिलाको शव फेला

रामेछाप सदरमुकाम मन्थली स्थित तामाकोसी नदीको किनारामा एक महिलाको शव फेला परेको छ । मंगलबार(आज) मन्थली नगरपालिका वडा नं.११ स्थित तामाकोशी नदीको किनारमा महिलाको शव फेला परेको हो । नामथर,वतन नखुलेको अन्दाजी ६० वर्षकी महिलाको शव नदीको किनारामा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । प्रहरी कार्यालय रामेछापबाट प्रहरी […]

विदेश जाने रहरको लहर

हरेक नेपाली बिदेश गए जस्तै मलाई पनि विदेश जाने रहरको लहर नपलाएको भने होइन । बिदेश भन्ने बित्तिकै मेरो मनमा टन्नै पैसा कमाइन्छ,बोटमा नै पैसा फल्छ भन्ने थियो । मैले कक्षा १० पढि सकेपछि विदेश जान्छु भनेर पासपोर्ट बनाए,अफ्सोच मैले विदेश जान पाईन,मलाई घरबाटै विदेश जान बन्देज लगाइयो,तर मलाई अझै विदेश जाने रहर भने हराएको […]

रामेछापको लिखु हाइड्रोको स्कारपियो सिन्धुपाल्चोकमा दुर्घटना,२ जनाको मृत्यु

रामेछापको लिखु हाइड्रोको स्कारपियो सिन्धुपाल्चोकस्थित पाँचकिलो भन्ने स्थानमा शनिबार राती दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । एमबी दुगड हाइड्रोको स्कारपियो रामेछापको बाम्तीबाट दोलखा हुँदै काठमाडौं जाने क्रममा सिन्धुपाल्चोकमा दुर्घटना भएको हो । जीप लामोसाँघु– जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिकाको पाँच किलो नजिकै राती २ बजे दुर्घटना […]

रामेछापको दोरम्बामा ट्रक दुर्घटना हुँदा पाँच जना घाइते

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका २ बोदलमा सोमबार अपराह्न बा ५ ख ४०३८ नम्बरको ट्रक दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा २ को घट्टेखोलामा निर्माणाधीन पुलको सामग्री लिएर त्यसतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर खसेको थियो […]

आँखा पाक्ने रोग लाग्नबाट नवजात शिशुहरूलाई जोगाउन डाक्टरको सुझाव

आँखा पाक्ने रोग लाग्नबाट नवजात शिशुहरूलाई जोगाउन डाक्टहरूले सुझाव दिएका छन् । अन्य व्यक्तिको तुलनामा नवजात शिशुहरूमा आँखा पाक्ने रोगले जटिलता ल्याउनसक्ने भएकाले विशेष सावधानी अपनाउन डाक्टरहरूले आग्रह गरेका हुन् । सामान्यतया वयस्क व्यक्तिहरूमा यो रोग लागे एकदेखि २ हप्तामा निको हुने भए पनि नवजात शिशुहरूमा भने अरू सङ्क्रमण फैलिएर आँखाको ज्योती नै गुम्ने खतरा […]