श्री आधारभूत विद्यालयको “विद्यालय बडापत्र” उद्घाटनसँगै समाजसेवी प्रधानबाट विद्यालयलाई ट्याङ्की हस्तान्तरण

श्री आधारभूत विद्यालयको “विद्यालय बडापत्र” उद्घाटनसँगै समाजसेवी प्रधानबाट विद्यालयलाई ट्याङ्की हस्तान्तरण

रामेछापको मन्थली नगरपालिका वडा नं ६ बेतिनीमा रहेको श्री आधारभूत विद्यालयको “विद्यालय बडापत्र” उद्घाटन गरिएको छ । आइतबार(आज) एक कार्यक्रमको आयोजना गरि “विद्यालय बडापत्र” उद्घाटन गरिएको विद्यालयका शिक्षक राजेश थापा मगरले जानकारी दिनुभयो ।

वडाध्यक्ष अशोककुमार तामाङ्ले विद्यालयको “विद्यालय बडापत्र” उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा बोल्दै वडाध्यक्ष तामाङले “विद्यालय बडापत्र”ले विद्यालयले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा अभिभावक तथा विद्यार्थीहरुमा जानकारी लिन सहजता प्रदान गर्ने बताउनुभयो ।

साथै सोही कार्यक्रमको अवसरमा मन्थली नगरपालिका ६ बेतिनी निवासी समाजसेवी राजु प्रधानले विद्यालयलाई २ हजार लिटरको खानेपानी ट्याङ्की प्रदान गर्नुभएको छ । खानेपानीको निकै समस्या रहेको विद्यालयमा पानी संकलन गरि उपभोग गर्न सहजहोस भनेर ट्याङ्की सहयोग गरेको प्रधानले बताउनुभयो । सो ट्यांकीमा पानी भर्ने जिम्मा वि व्य स अध्यक्ष दावा तामाङले व्यक्तिगत खर्चमा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार