चोरी गरी फरार रहेका रामेछापका मोक्तान पक्राउ

चोरी गरी फरार रहेका रामेछापका एक पुरुष पक्राउ परेका छन । मुस्ताङमा चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका २ लामा टोलका ३२ वर्षीय राजकुमार मोक्तान रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सूर्यविनायक ५ जगातिबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्‍यक […]

रामेछापमा सूचना प्रविधि दिवसको अवसरमा रक्तदान

कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) महासंघ रामेछाप शाखाले राष्ट्रिय सूचना प्रविधि दिवस –२०२३ को अवसरमा आज रक्तदान तथा नि:शुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘सुरक्षित सूचना प्रविधि सुशान र समृद्धि भन्ने मुल नाराका साथ सामाजिक उत्तरदायित्वको भावनाले मन्थलीको देवकोटा चोकमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । क्यान महासंघ रामेछापको आयोजना, नेपाल रेडक्रस सोसाईटी […]

मचबारी थानापती महादेव मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

रामेछाप मन्थली नगरपालिका –५ सुनारपानी मचबारीमा रहेको स्थानीय भाषामा थानापती महादेव मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि २०६३/६४ तिर जगबाटै भत्काएर पुनःनिर्माण गरिएको थियो । २०७२ को बिनाशकारी भुकम्प पश्चात् विसं २०७७/७८ मा शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको चम्पेश्वर थानापती महादेव […]

सङ्कटमा ईश्वर – नबीन गाउँले

ईश्वरहरु अाफैभित्र हराएको भयानक गति सल्किरहेकाे देखेकाे छु याे असत्य महा समरभित्र चुली अभियान पाेखिदै गइरहेको छ अनेकौं वासनाहरु इन्द्रेणी रङझै याे देखिएको समयमा सम्भाेगकाे निम्ठाे अभियान लिएर ईश्वर अाफै अाफ्नाे अस्तित्व दाबी गर्न हतार हतार गर्भाधानकाे नाटक मञ्चन गरिरहेकाे छ ईश्वरहरु अाफ्नै विधि र बिधानसग अभीष्टताकाे स्वप्नता बाेकेर सत्ता स्थापनाकाे हठात् लालसामा किन लामबद्ध […]

मन्थलीको रामेछाप,चरञ्जिवी र अमृत डेरीलाई १५ हजारका दरले जरिवाना

रामेछापको मन्थलीमा संचालनमा रहेका रहेका तीन वटा डेरी कारबाहीमा परेका छन् । दूधमा आवश्यक गुणस्तरको मात्रा नपुगेको पाइएपछि तीन वटै डेरीलाई कारबाही गरिएको रामेछाप प्रशासनले जानकारी दिएको छ । अमृत डेरी, रामेछाप डेरी र चरञ्जिवी डेरीलाई १५ हजारका दरले जरिवाना गरीएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो । परीक्षणमा दूधमा हुनुपर्ने न्यूनतम […]

मन्थलीमा पत्रकारलाई अनलाईन प्रविधिमा आधारित तालिम सुरु

रामेछाप जिल्लामा रहेर पत्रकारीता गरिरहेका क्रियासिल पत्रकारहरुलाई अनलाईन प्रविधिमा आधारित तालिम दिइएको छ । रेडियो,अनलाईन र पत्रिकामा कार्यरत विभिन्न पत्रकारहरुलाई तालिम दिइएको हो । नेपाल पत्रकार महासंघ बागमति प्रदेश र मन्थली नगरपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले बताउनुभयो । ५ दिन सम्म चल्ने उक्त तालिमको उद्धघाटन मन्थली नगरपालिकाका प्रमुख […]

घर र अन्य संरचना बनाउँदा भूकम्प प्रतिरोधी नै बनाउन विज्ञहरूको सुझाव

घर र अन्य संरचना बनाउँदा भूकम्प प्रतिरोधी नै बनाउन विज्ञहरूले अनुरोध गरेका छन् । २०७२ सालको भूकम्पबाट झण्डै नौ लाख भवनमा क्षति पुगेको स्मरण गर्दै देशका हरेक क्षेत्रका नागरिकले भवनलगायतका संरचना बनाउँदा भूकम्प प्रतिरोधि नै बनाउनुपर्ने विज्ञहरूको भनाइ छ । २०७२ मा भूकम्पीय जोखिम ख्याल नगरी संरचना बनाइएकाले सात दशमलव आठ रेक्टरस्केलको भूकम्पले पनि ठुलो […]

आठौँ भूकम्प स्मृति दिवस:रामेछापमा ४१ जनाले ज्यान गुमाउँदा ५० हजार घरमा क्षती

गोरखा भूकम्पको आठाँै स्मृति दिवस आज मनाइँदैछ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर बैशाख १२ गते बिहान ११ बजे ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । आठ वर्षअघि २०७२ साल वैशाख १२ गते शनिवार गएको ७ दशमलव ८ रेक्टरको भूकम्पमा परेर ८ हजार ५ सय ५६ जनाको ज्यान गएको थियो भने २२ […]

रामेछापमा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक

रामेछापमा विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यस वर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुशी लागेको विद्यार्थीहरुले बताएका छन । विद्यालयमा भर्ना हुने समयमा विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा आफूहरु पनि निकै […]

सहकारीबाट १४ करोड लिएर रामेछापका गौतम फरार

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ मा रहेको एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ लिएर फरार भएपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे घर भइ बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम […]