साँघुटारमा प्रस्तावित रामेछाप नगर अस्पतालको उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकीलाई प्रस्तावित रामेछाप नगर अस्पतालको रुपमा विकास गरिएको छ । एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुद्दढीकरण कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य चौकीमा एक जना डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको हो । मंगलबार(आज) उक्त प्रस्तावित नगर अस्पतालको बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशी र प्रतिनिधी […]

जिल्ला अस्पताल रामेछापमा आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवा सुरु

जिल्ला अस्पताल रामेछापमा मंगलबार(आज)देखी आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’ सेवा सुरु भएको छ । अस्पताल विकास समितिले एक कार्यक्रमको आयोजना गरी यि सेवाहरुको शुभारम्भ गरेको हो । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशीले आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवाको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै उहाँले बाग्मती प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा धेरै कामहरु गरेको बताउनुभयो । प्रदेशको १३ […]

बिघटनकाे पक्षमा-(कविता)

आमा सुतेकाे शीतल छहारी बाउले सिञ्चित गरेकाे भूगाेल उजाड भएर उडेका छन् यतिखेर चिच्याउँदैन झ्याउकीरीहरु साँझमा सम्झनाका यादहरु बाेकेर गएका छन् तिनीहरु अध्याराेले खाेसेकाे रातमा अध्याराेमै हराइरहेका छन् तिनीहरू बिहानी पख नरम भएर खसेकाे शीत पहाडकाे टुप्पाेबाट तलतिर झर्दै गरेकाे कुटुनी बतास घर फर्कदै गरेकाे मलाई नसाेधे हुन्छ मेराे बिरुद्धमा छन् तिनीहरु छ महिनाकाे त्यहीँ […]

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको मार्च पासमा रामेछाप नगरपालिका प्रथम

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीमा शुक्रवारदेखि ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । प्रतियोगिताको उद्धघाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले गर्नुभयो । प्रतियोगिताको उद्धघाटनको क्रममा प्रदर्शन गरिएको मार्च पासमा रामेछाप नगरपालिका प्रथम भएको छ । मार्च पासमा उमाकुण्ड गाउँपालिका दोश्रो भएको छ भने मन्थली नगरपालिका तेश्रो […]

किवी खेतीका लागि प्रस्ताव गर्न रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आह्वान

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको हो । वडा नं १ मा सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक […]

गोलन्जोर गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जित्यो

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जितेको छ । गत शुक्रवारदेखि सुरु भएको अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जितेको हो । आइतबार सम्पन्न खेलमा १५ स्वर्ण, ८ रजत र ६ कास्यसहित कौशिका माविले ग्वाल्टारले उपाधि जितेको गोलन्जोर गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रन्जित देवकोटाले […]

रामेछापको हल्देमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रामेछापको हल्देमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जनाको ज्यान गएको हो । लिखु तामाकोशी गाउँपालिका वडा नं ४ कोटगाउँ घर भएका ५७ वर्षीय कमलबहादुर तामाङको उपचारको क्रममा ज्यान गएको रामेछाप प्रहरीले जानकारी दिएको छ । तामाङको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा ज्यान गएको हो । […]

गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जित्यो

रामेछापको गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जितेको छ । विभिन्न विद्यामा भएको छात्रछात्रा प्रतियोगितामा ठोसेस्थित सारदा माविले ७ स्वर्ण, ९ रजत र ४ काश्यगरी २० पदक प्राप्त गरेको छ । सारदा माविले रनिङ शिल्ड उचालेसँगै जनजागृत माविले उपविजेतामा चित्त बुझाएको छ । उपविजेता बनेको जनजागृत माविले पनि २० पदक हात पारेको छ […]

श्री आधारभूत विद्यालयको “विद्यालय बडापत्र” उद्घाटनसँगै समाजसेवी प्रधानबाट विद्यालयलाई ट्याङ्की हस्तान्तरण

रामेछापको मन्थली नगरपालिका वडा नं ६ बेतिनीमा रहेको श्री आधारभूत विद्यालयको “विद्यालय बडापत्र” उद्घाटन गरिएको छ । आइतबार(आज) एक कार्यक्रमको आयोजना गरि “विद्यालय बडापत्र” उद्घाटन गरिएको विद्यालयका शिक्षक राजेश थापा मगरले जानकारी दिनुभयो । वडाध्यक्ष अशोककुमार तामाङ्ले विद्यालयको “विद्यालय बडापत्र” उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा बोल्दै वडाध्यक्ष तामाङले “विद्यालय बडापत्र”ले विद्यालयले प्रदान गर्ने सेवा तथा […]

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्नो सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा आफ्नै करिब ४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका अध्यक्ष शंकरराज बरालले शिलान्यास गर्नुभयो । सिन्धुलीका ९ स्थानीयतह मध्ये ८ स्थानीयतहले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनको निर्णाण गरि सेवा प्रवाह सुरुवात गरिसकेका […]