राशी कार्कीको अध्यक्षतामा सुकाजोर महिला संजाल गठन

राशी कार्कीको अध्यक्षतामा सुकाजोर महिला संजाल गठन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा महिला संजाल गठन गरिएको छ । राशी कार्की(सीता)को अध्यक्षतामा संजाल गठन गरिएको हो । शनिबार(आज) वडासदस्यहरु रन्जिता कार्की र लक्ष्मी नेपाली सहितको वडाका महिलाहरुको भेलाले संजाल गठन गरिएको हो ।

महिला संजालको अध्यक्षमा राशी कार्की(सीता),उपाध्यक्षमा ज्ञानुकादेवी कार्की,सचीवमा मन्दिरा नेपाली,सहसचिवमा सुभत्रा भुजेल,कोषाध्यक्षमा गंगा बस्नेत र सदस्यहरुमा लिला थापा मगर,धनमाया कार्की ,कविता हायु र रन्जिता कार्की सर्वसम्मत चयन हुनुभएको हो ।

वडामा रहेका महिलाहरुको विभिन्न समस्याहरुको गुनासो सुन्न,वडाका दिदिबहिनीहरुलाई विभिन्न सिपमूलक,आयआर्जनमूलक र चेतना मुलक कार्यक्रम संचालन गर्नको लागि महिला संजाल गठन गरिएको वडासदस्य लक्ष्मी नेपालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार