बागमती प्रदेश सरकारको खर्च ६७.१९ प्रतिशत मात्रै

बागमती प्रदेश सरकारको खर्च ६७.१९ प्रतिशत मात्रै

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको कुल बजेटमा ६७.१९ प्रतिशत मात्रै गरेको छ । चालु आर्थिक बर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको प्रदेश सरकारले ७० प्रतिशत पनि खर्च गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यअनुसारको बजेट खर्च नभएको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाका कार्यालय प्रमुख हरि प्रसाद उपाध्यायले जाकारी दिनुभयो ।

उपाध्यायका अनुसार कुल बजेटमा २३ अर्ब २८ करोड ९४ लाख ४१ हजार ३ सय ८२ रुपैंया बजेट फ्रिज भएको हो । यस रकममा पनि अझै खर्च प्रतिशत घट्न सक्ने कार्यालयका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिनुभयो । सरकारी खाता बन्द भइसकेकाले खर्च नबढ्ने तर भुक्तानीका लागि गएको चेकहरू फिर्ता आए खर्च प्रतिशत घट्न सक्ने उहाँको भनाइ छ ।

लेखा नियन्त्रक कार्यालयकाअनुसार बागमती प्रदेश सरकारले ६९.९० प्रतिशत चालु खर्च र ६७.१९ प्रतिशत पुँजीगत खर्च गरेकोे छ । कुल बजेटमा ४७ अर्ब ६४ करोड ९८ लाख ४९ हजार ६ सय १८ रुपैयाँ खर्च गरेको छ । जसमा चालु खर्च २८ अर्ब ७६ करोड २० लाख ७५ हजार रहेको छ भने पुँजीगत खर्च २८ अर्ब २८ करोड ७७ लाख ७३ हजार रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार