रामेछापको खाँडादेवि गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते

रामेछापको खाँडादेवि गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी मन्थली नगरपालिका १४ फुलासीका ३२ वर्षिय ट्रिपर चालक सुरज तमाङ गम्भिर घाईते भएका हुन् । खाँडादेवि गाउँपालिका ४ सिम्लेस्थित रजगाउँबाट बालुवा लोड गरेर खाँडादेवितर्फ जाँदै गरेको बा २ क ८१६६ नम्बरको ट्रिपर बिहिबार दिउँसो आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको […]

सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशले संयुक्त लगानी गर्ने

काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा बन्ने गरी पहिचान भएको ६८३ मेगावाटको सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशले संयुक्त लगानी गर्ने निर्णय भएको छ । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनाको निर्माणका लागि ६ महिनाभित्र दूबै देशबीच हस्ताक्षर गर्ने निर्णय भएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जारी गरेको […]

दुई जना फरार अभियुक्त रामेछापबाट पक्राउ

रामेछाप प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कुटपिट र जवरजस्ती करणी मुद्धाका दुई फरार अभियुक्त पक्राउ परेका हुन । प्रहरीले कुटपिट अंगभंग मुद्धाको फरार अभियुक्त रामेछाप नगरपालिका–५ का ३२ वर्षीय दिप कुमार तामाङ र जवरजस्ती करणी मुद्धाको प्रतिवादी लिखु तामाकोशी गाउँपालिका ३ का ४९ वर्षीय सिंग बहादुर कामीलाई पक्राउ गरेको हो । […]

नक्कली भुटानी शरणार्थी प्रकरण:प्रहरी कार्यालयमा पुगे रामेछापका पूर्वसभासद शेर्पा

रामेछाप जिल्लाबाट निर्वाचित नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले शेर्पा प्रहरी कार्यालयमा आइपुगेको जानकारी दिए । शेर्पा २०७० मा कांग्रेसका […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा रामेछापका पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा रामेछापका पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बताएको छ । शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । शेर्पा २०७० मा कांग्रेसका […]

सांसद कान्छारामले ओखलढुंगामा सडक अलपत्र पारेको भन्दै प्रदर्शन

ओखलढुंगामा सडकको ठेक्का लिएर राजनीतिक पहुँचका आधारमा काम अलपत्र पारेको भन्दै ठेकेदार तथा कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध स्थानीयले आन्दोलन थालेका छन् । ठेक्का लिएर पेटी ठेकेदारलाई काम जिम्मा दिइ काम अलपत्र पार्ने ठेकेदार तामाङ विरुद्ध स्थानीयले आन्दोलन थालेका हुन् । यसअघि स्थानीयले पटकपटक ठेक्का लगाउने निकाय पूर्वाधार विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयको […]

रामेछाप स्थित तामाकोशी नदिमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चुडेका २१ वर्षीय अनुज पौडेल तामाकोशीमा पौडी खेल्ने क्रममा बुधबार अपराह्नदेखि बेपत्ता भएका छन् । भटौलीको मुगिटार नजिकैबाट पौडी खेल्न तामाकोशीमा पसेका पौडेलको स्थानीय र सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उनको खोजी कार्यका लागि गोताखोरको सहायता आवश्यक देखिएको छ […]

रामेछाप सालुमा पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–४, गैह्राथोककी १० वर्षीया बालिका महनकुमारी बलमपाखीको पोखरीमा डुबेर मृत्यु भएको छ । उनी भक्तबहादुर बलम्पाखीकी छोरी हुन् । बुधबार घरमा कोही नभएको मौका पारेर उनी आफ्नै घर नजिकैको सिँचाइ पोखरीमा पसेकी थिइन् । बालिका पोखरीमा डुबेको खबर पाउनासाथ स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि सदरमुकाममा रहेको मन्थली अस्पतालमा उपचारार्थ पुर्‍याइएको थियो […]

उमाकुण्ड गाउँपालिका अध्यक्ष सुनुवारले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना

रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना भएको छ । अध्यक्ष सुनुवार आफैले चढ्दै आएको सरकारी नम्बर प्लेटको गाडी सिक्ने क्रममा दुर्घटना भएको हो । बा १ झ ९५९४ नम्बरको गाडी अध्यक्ष सुनुवारले सिक्ने क्रममा दुर्घटना भएपनि उहाँ भने सकुशल हुनुहुन्छ । अध्यक्ष सुनुवारले सिक्ने क्रममा दुर्घटना भएको गाडीको अगाडीको […]

रामेछापबाट काठमाडौं जाँदै गरेको बस काभ्रेपलाञ्चोकमा दुर्घटना

रामेछापबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा परी १२ जना घाईते भएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको ठेगाना खुलेको छैन । अन्य घाईतेको अवस्था सामान्य छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ को गुरासेबाट […]