आँखा पाक्ने रोग लाग्नबाट नवजात शिशुहरूलाई जोगाउन डाक्टरको सुझाव

आँखा पाक्ने रोग लाग्नबाट नवजात शिशुहरूलाई जोगाउन डाक्टहरूले सुझाव दिएका छन् । अन्य व्यक्तिको तुलनामा नवजात शिशुहरूमा आँखा पाक्ने रोगले जटिलता ल्याउनसक्ने भएकाले विशेष सावधानी अपनाउन डाक्टरहरूले आग्रह गरेका हुन् । सामान्यतया वयस्क व्यक्तिहरूमा यो रोग लागे एकदेखि २ हप्तामा निको हुने भए पनि नवजात शिशुहरूमा भने अरू सङ्क्रमण फैलिएर आँखाको ज्योती नै गुम्ने खतरा […]

रामेछाप जिल्ला फुटबल संघद्धारा खेलाडीका लागि जर्सी तथा फुटबल वितरण

रामेछाप जिल्ला फुटबल संघले खेलाडीका लागि जर्सी तथा फुटबल वितरण गरेको छ । संघले आज (शनिवार) मन्थली नगरपालिका वडा नं. १ र ६ को सिमानाको कुनौरी स्थित खेल मैदानमा नै जर्सी तथा फुटबल वितरण गरेको हो । संघका अध्यक्ष सुन्दर घिमिरेका अनुसार संघले ४३ जोर जर्सी र ७ थान फुटबल वितरण गरिएको हो । फुटबल […]

रामेछापको बिजुलीकोटमा घरको आँगनमा लडेर एक महिलाको ज्यान गयो

आफ्नै घरको आँगनमा लडेर रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोटमा एक महिलाको ज्यान गएको छ । गएराति आँगनमा चिप्लिएकी ४५ वर्षीया सरिता तामाङको घटनास्थलमै ज्यान गएको रामेछाप प्रहरीले जानकारी दिएको छ । लडेर तामाङको टाउकोमा गहिरो चोट लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीको भनाई छ ।

समाजसेवी घिमिरेद्वारा घरबारविहीनलाई टिसर्ट र प्लाष्टिक वितरण

देशभर परेको परेको अविरल वर्षासँगै पानीले निथ्रुक्क भिजेर काठमाडौको विभिन्न स्थानका चिसो सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका भोका प्यासा १०० जना मानिसहरुलाई प्रदिप घिमिरेले तातो खानासँगै टिसर्ट (गन्जी) र ओढ्ने प्लाष्टिक वितरण गरेका छन् । चार वर्षदेखी निरन्तर रातको समयमा तातो खाना खुवाएर गरीब दुःखीहरुको साहारा बन्दै आएका प्रदिपले […]

रामेछाप कारागारमा एक कैदीको मृत्यु

बलात्कार मुद्दामा रामेछाप कारागारमा कैद भुक्तान गरिरहेका एक वृद्धको मृत्यु भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका –६ का ८४ वर्षीय वृद्ध पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो । सोमबार साँझ कारागारको बाथरुममा लडेर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङ्गले जानकारी दिनुभयो । कैदी श्रेष्ठ उच्च […]

जिल्ला अस्पताल रामेछापमा जनरल बेड निःशुल्क

यहि भदौ १ गतेदेखी जिल्ला अस्पताल रामेछापमा जनरल बेड निःशुल्क भएको छ । बागमती प्रदेश सरकारले मातहतका १३ वटा अस्पतालमा बेड निःशुल्क उपलब्ध गराउने परिपत्र गरेसँगै रामेछाप अस्पतालमा जनरल बेड निःशुल्क भएको हो । बागमती प्रदेश सरकार मातहतका १३ वटा सरकारी अस्पतालमा भदौ १ गतेदेखी जनरल बेड निःशुल्क गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले निर्णय […]

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा असोज ६ र ७ गतेका लागि तोकियो

कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा असोज ६ र ७ गतेका लागि तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ । पहिलो दिन असोज ६ गते अनिवार्य अँग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा […]

रामेछापमा चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री

रामेछापमा चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री हुने गरेको पाइएको छ । स्थानीय सरकारले पालिकाभित्र सञ्चालन भएका मेडिकल तथा स्वास्थ्यसंस्थाको बारेमा अनुगमन, नियमन गर्ने अधिकार भए पनि हुन सकेको छैन । रामेछाप धोवीका श्रीराज महत मन्थलीको एक मडिकलमा औषधि किन्न जानुभयो । उहाँले आफुलाई स्वास्थ्यमा देखा परेको लक्षण मेडिकल संचालकलाई बताएपछि सोही आधारमा उसले औषधि दियो […]

रामेछापको ढिपिडाँडामा घाँस काट्न गएका वृद्ध मृत भेटिए

रामेछापको रामेछाप नगरपालिका -७ ढिपिडाँडामा एक वृद्ध मृत अवस्थामा फेला परेका छ्न । आइतबार(आज) बिहान घरबाट नजिकै रहेको खरपाखामा घाँस काट्न गएका ६९ वर्षका नीर बहादुर खड्का मृत अवस्थामा भेटिएका हुन । घाँस काट्दा काट्दै एक्कासि वृद्धको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक खड्काको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल रामेछापमा राखिएको प्रहरी […]

१४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाबियाखर्कका एक पुरुष पक्राउ

एक १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रामेछाप बाबियाखर्कका एक पुरुष पक्राउ परेका छन । रामेछाप नगरपालिका –८ बाबियाखर्कका ३७ वर्षका भुपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको हो । यहि साउन २५ गते दिउँसो १ बजेको समयमा भुजेलले गाउँकै १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको रामेछाप प्रहरीले जनाएको छ । बालिकामाथि जबरजस्ती करणी भएको खबर […]